मकवानपुरमा दर्ता भइ नविकरण नभएका संस्था १५ दिनपछि खारेज हुने

२०७५, २९ जेष्ठ मंगलवार १३:२०

मकवानपुर, २९ जेठ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दर्ता भई नविकरण नभएका गैरसरकारी संस्थाहरु १५ दिनपछि खारेज हुने भएको छ । कार्यालयले १५ दिनभित्र नविकरण गराउन सूचना जारी गर्दै नविकरण नभएमा खारेजी प्रकृयामा जाने बताएको हो ।

प्रशासनले सोमबार सूचना निकालेर प्रशासन कार्यालयमा दर्ता भई नविकरण नभएका गैरसरकारी संस्थाहरुलाई १५ दिनको समय दिएको छ । प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाद्वारा जारी सूचनामा नविकरणका लागि निवेदनको साथमा संस्थाले हालसम्म गरेका कार्यहरुको आर्थिक विवरणसहित अन्य प्रमाणहरु संलग्न राखी पेश गर्नुपर्ने उल्लेख छ ।

१५ दिनभित्र नविकरण नगराए कानून बमोजिम त्यस्ता संस्थाको खारेजी प्रक्रिया शुरु गर्ने पनि सूचनामा जानकारी गराइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...