भारतमा बेचिएका आमा–छोरा शक्ति समुहमा, आफ्नै श्रीमानले यसरी बेचे

२०७५, २८ जेष्ठ सोमबार १९:१३

मकवानपुर, २८ जेठ । भारतको बैंगलोरमा बेचिएकी एक महिला र उनको २ बर्षीय छोराको उद्वार गरिएको छ । मध्य पश्चिम घर भएकी १८ बर्षीया महिलालाई छोरासहित उनकै श्रीमानले ४ महिना अघि बैँगलोरस्थित एक प्लास्टिक उद्योगमा बेचेको प्रारम्भिक जानकारी प्राप्त भएको उद्वारकर्ता मध्येका एक सामाजिक सेवा केन्द्र सोसेकले जानकारी दिएको छ ।

श्रीमानबाट बेचिएर प्लास्टिक उद्योगमा नारकीय जीवन बिताईरहेकी ती महिलाको फिल्मी शैलीमा उार गरिएको थियो । लखनउमा कार्यरत नेपाली मुलका भारतीय प्रहरीले (जो बेचिएकी महिलाका चिनेका व्यक्ति हुन्) व्यक्तिगतरुपमा जोखिम मोलेर महिलाको उद्वार गरेका हुन् । सोसेकका संस्थापक अध्यक्ष थापाका अनुसार बेचिएकी महिलाले लुकिछिपी फोन गरेर आफन्तलाई आफू बेचिएको खबर गरेको र ती आफन्तले सोसेकमा निवेदन दिएपछि उद्वार प्रक्रिया सुरु भएको थियो ।

सरकारी प्रक्रियाबाट जाँदा ढिलाई हुने र महिलाले आफू बेचिएकोबारे खबर गरिसकेको जानकारी पाएपछि प्लास्टिक उद्योग संचालकबाट खतरा हुनसक्ने आँकलन गरेर हतारहतारमा उद्वार गरिएको थापाले जानकारी दिए । महिलालाई उद्योगको पछाडिको पर्खाल नाघेर भाग्न भनेको र त्यहाँबाट लखनउका ती प्रहरीले गाडीमा हालेर पाँचौ दिनमा लुकाई–छिपाई लखनउ पु¥याएका थिए । ती महिलालाई उद्वार गर्न खटिएका नेपालीमुलका प्रहरीलाई भारतीय प्रहरीले अनौपचारिक सुरक्षा उपलब्ध गराएको थियो ।

उद्वार गरिएकी महिलालाई नेपालगन्जबाट आईतबार काठमाडौंस्थित शक्ति समूहको आश्रयमा लगिएको छ । बेचिएकी महिला ब्राम्हण समुदायकी हुन् । उनलाई २ लाख २० हजार रुपैयाँमा श्रीमान र परिवारका सदस्यहरुबाटै बेचिएको बुझिन आएको छ । ती महिलालाई प्लास्टिक उद्योगमा दिनभर काम गराईन्थ्यो । खान र बस्न मात्र दिईन्थ्यो, तलब दिइँदैनथ्यो । उनीजस्तै १३ जना भारत असामका महिलाहरु उक्त प्लास्टिक उद्योगमा नारकीय जीवन विताईरहेको पनि ती पीडित महिलाले जानकारी दिएको थापाले बताए ।

उक्त उद्योगमा बच्चासहित आमालाई खरिद गर्ने गरिएको बुझिएको छ । ३ बर्ष उमेर पुगेपछि बच्चाहरुलाई अध्ययनका लागि पठाउने भन्दै आमाहरुबाट अलग्गै लैजाने गरिएको र कहाँ लगेको भनेर कुनै जानकारी नदिईने गरेको पनि थापाले बताएका छन् । बेचिएकी महिलाकातर्फबाट सोसेक र शक्ति समूहले कानुनी लडाईँ सुरु गरिसकेका छन् । हाल उनी शक्ति समुहमा परामर्ष लिईरहेकी छिन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...