अध्यक्ष श्रेष्ठको उद्घोष–‘ठोरीलाई नमुना गाउँपालिका बनाउँछु’

२०७५, २८ जेष्ठ सोमबार १८:५२

ठोरी, २८ जेठ । ठोरी गाउँपालिकाका अध्यक्ष पि.एल श्रेष्ठले ठोरीलाई नमुना गाउँपालिका बनाउने बताएका छन् । ठोरीको विजयवस्तीमा सोमबारदेखि शुरु भएको युवाका लागि लागु औषध दुव्र्यसनी विरुद्धको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले अबको ४ बर्षमा ठोरीलाई नमुना बनाउने प्रतिवद्धता जनाएका हुन् ।

बिभिन्न समयमा आयोजना हुने यस्ता अभिमुखीकरण कार्यक्रमले ठोरीलाई नमुना बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । ‘मैले चुनाव भन्दा अगाडी ठोरीलाई समृद्ध बनाउने कुरा बाचा गरेको थिएँ, त्यही बाचा अनुसार अबको ४ बर्षमा म यो गाउँपालिकालाई नमुना बनाउने सोचमा छु’ उनले भने । उनले ठोरीलाई लागु औषधमुक्त गाउँपालिका बनाउने बताउँदै ४ बर्षसम्म सबै वडामा लागु औषध दुव्र्यसनी विरुद्धको कार्यक्रम सञ्चालन गर्ने बताए । लागु औषधमुक्त गाउँपालिका बनाउन सबैले सहयोग गर्नुपर्ने उनले जिकिर गरे । ठोरी गाउँपालिकाको सहयोगमा कपुरबोट मिडिया प्रा.लिले नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय विजयवस्तीमा अभिमुखीकरण आयोजना गरेको हो ।

कुपरबोट मिडिया प्रा.लिका अध्यक्ष संतोष देउजाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष बई बहादुर तामाङ्ग, बिद्यालयका प्रधानाध्यापक नारायण लामा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार प्रभात लामाले गरेका थिए । अभिमुखीकरण कार्यक्रममा ५० जना युवा–युवतीहरु सहभागी छन् । कार्यक्रममा सहभागीहरुलाई नयाँ गोरेटो पुर्नस्थापना केन्द्र पथलैयाका अध्यक्ष राजकुमार लामाले प्रशिक्षण दिइरहेका छन् ।

यसैबिच, कपुरबोट मिडिया प्रा.लि कै आयोजनामा किशोरीका लागि यौन तथा प्रजनन् शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दे ठोरी गाउँपालिकाका अध्यक्ष पि.एल श्रेष्ठले महिलालाई हरेक किसिमका गतिविधिले आत्मर्निभर बनाउने बताए । कुपरबोट मिडिया प्रा.लिका अध्यक्ष संतोष देउजाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष बई बहादुर तामाङ्ग, बिद्यालयका प्रधानाध्यापक नारायण लामा लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै आजैबाट बालभित्ते पत्रिका लेखन सम्बन्धी ३ दिने तालिम पनि शुरु भएको छ । तालिममा ठोरी गाउँपालिकाको ५ वटा माद्यामिक र एउटा आधारभुत बिद्यालयका गरी ६० जना बिद्यार्थीहरु सहभागी छन् । सहभागीहरुलाई पत्रकार प्रेम लामा र शिक्षक नारायण लामाले प्रशिक्षण दिइरहेका छन् । तालिमको ठोरी गाउँपालिकाका अध्यक्ष पि.एल श्रेष्ठले उद्घाटन गरेका थिए । कुपरबोट मिडिया प्रा.लिका अध्यक्ष संतोष देउजाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष बई बहादुर तामाङ्ग, बिद्यालयका प्रधानाध्यापक नारायण लामा लगायतको उपस्थिति रहेको थियो । यसैबिच, ठोरी गाउँपालिकाका अध्यक्ष पि.एल श्रेष्ठले नेपाल राष्ट्रिय माद्यामिक बिद्यालयमा जारी जनजाती युवाका लागि ३ दिने पत्रकारिता तालिम र आपसी मेलमिलाप र दिगो विकास सम्बन्धी ३ दिने अभिमुखीकरण तालिमको आज अवलोकन गरेका छन् । तालिमको अवलोकन गर्दे अध्यक्ष श्रेष्ठले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गरे ।

पत्रकारीतामार्फत समाज परिवर्तन गर्न सकिनेभन्दै उनले बिशेष चासोका साथ तालिम लिन सहभागीलाई आग्रह गरे । कार्यक्रममा बोल्दै वानका केन्द्रिय सदस्य संतोष देउजाले समाज परिवर्तन गर्न पत्रकारको भुमिका महत्वपुर्ण हुने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सदस्य प्रताप श्रेष्ठ, वडा सदस्यहरु तेजबहादुर श्रेष्ठ, मानबहादुर बुढाथोकी, कान्छीमाया थिङ्ग, रेडियो विजयवस्तीका अध्यक्ष संतोष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रदेश मिडिया प्रा.लिका अध्यक्ष प्रदिप गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार प्रभात लामाले गरेका थिए । तालिममा ठोरी गाउँपालिकाको पाँच वटै वडाका ५० जना युवा–युवतीहरु सहभागी छन् । तालिममा सहभागीहरुलाई पत्रकार प्रेम लामा, प्रताप श्रेष्ठ र प्रभात लामाले प्रशिक्षण दिइरहेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...