ठेकेदारको लापरबाहीले झोलुंगे पुल योजना अलपत्र, तुईनबाटै वारपार

२०७५, २८ जेष्ठ सोमबार ०८:५२

गोरखा, २८ जेठ । ठेकेदारको लापारवाहीले झोलुङ्गे पुल योजना अलपत्र परेपछि गोरखामा बासिन्दाहरु तुईनबाट आहोरदोहोर गर्न बाध्य भएका छन् केपी ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा देशलाई दुई वर्षभित्र तुइनमुक्त पार्ने घोषणा गरेका थिए । तर, उनको घोषणा ठेकेदारले तुहाइदिएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।

तीन वर्ष बित्न लाग्दासमेत विकट भेगका स्थानीय तुइनमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । त्रिशूली नदीमाथि गण्डकी गाउँपालिका–८ घ्याल्चोक र धादिङको रोराङ गाउँपालिकाको चरौँदी जोड्न २०७३ मंसिर २६ बाट झोलुंगे पुल निर्माण सुरु भएको थियो तर अझै बनेको छैन ।

स्थानीय बासिन्दा घ्याल्चोकबाट चराँंदी जाँदा १ सय ९९ मिटरको दूरी तुइनमा पाँच मिनेटमा पार गर्छन् । फर्कंदा भने झन्डै ३० मिनेट लाग्छ ।
झोलुंगे पुल निर्माणको योजना अघि बढेपछि यहाँका ६ वटा तुइन विस्थापित भएकाछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...