ट्रम्पसँग जुनसुकै बेला भेट्न तयार छु–पुटिन

२०७५ जेष्ठ २८,सोमबार ०६:५३

मस्को, २८ जेठ (रासस) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग जुनसकै समयमा पनि भेट्न तयार रहेको बताउनुभएको छ ।

अमेरिकाले चाहेमा म जुनसुकै बेला पनि भेट्न तयार छु, आइतबार उहाँले भन्नुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्तागर्न आफू तयार रहेको उहाँले आइतबार जानकारी दिनुभएको रुसी सञ्चारमाध्यमले जनाएका छन् । “जति चाँडो अमेरिकाले आफू तयार रहेको बताउछ, त्यति नै चाँडो म ट्रम्पसँग भेटवार्ताका लागि तयार छु,” चीन भ्रमणमा रहनुभएका रुसी राष्ट्रपति पुटिनले संवाददातासँग भन्नुभयो । (रासस/एएफपी)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*