घाँस काट्न रुख चढ्दा लडेर मृत्यू

२०७५, २७ जेष्ठ आईतवार १९:०३

पर्वत, २७ जेठ (रासस) । पर्वतको मोदी गाउँपालिका-६ तिलाहारमा एक व्यक्तिको शनिबार रूखबाट लडेर मृत्यु भएको छ । सोलुखुम्बु सल्लेरी घर भई विगत ३ वर्षदेखि सोही क्षेत्रमा मजदुरी गर्दै आएका ४० वर्षीय राजकुमार बस्नेतको रूखबाट लडेर मृत्यु भएको हो ।

विगत एक महिनादेखि स्थानीय दिलमाया नेपालीको घरमा बस्दै आएका बस्नेत शनिबार साँझ दिलमायाको बारीमा रहेको काभ्रोको रुखमा घाँस काट्न चढदा रूखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...