ठोरीमा ३ दिने पत्रकारीता तालिम हुँदै

२०७५, २७ जेष्ठ आईतवार १८:३८

पर्सा, २७ जेठ । पर्साको ठोरीमा ३ दिने पत्रकारीता तालिम जारी छ । शनिबारदेखि ठोरी गाउपालिकाको आर्थिक सहयोगमा प्रदेश मिडिया प्रा.लिले विजयवस्तीमा ३ दिने तालिम शुरु गरेको हो । नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय विजयवस्तीमा आयोजित जनजाती युवाका लागि ३ दिने पत्रकारिता तालिमको ठोरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बई बहादुर तामाङले उद्घाटन गरेका हुन् ।

तालिममा ठोरी गाउँपालिकाको पाँच वटै वडाका ५० जना युवा–युवतीहरु सहभागी छन् । तालिममा सहभागीहरुलाई पत्रकार प्रेम लामा, प्रताप श्रेष्ठ र प्रभात लामाले प्रशिक्षण दिइरहेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे उनले तालिममा सिकेका कुरा व्वहारमा लागु गर्न सहभागीहरुसँग आग्रह गरेका छन् । पत्रकारीतामार्फत समाज परिवर्तन गर्न सकिने भन्दै उनले विशेष चासोका साथ तालिम लिन सहभागीलाई आग्रह गरे । कार्यक्रममा बोल्दै बानका केन्द्रिय सदस्य संतोष देउजाले समाज परिवर्तन गर्न पत्रकारको भुमिका महत्वपुर्ण हुने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सदस्य प्रताप श्रेष्ठ, वडा सदस्यहरु तेजबहादुर श्रेष्ठ, मानबहादुर बुढाथोकी, कान्छीमाया थिङ्ग, रेडियो विजयवस्तीका अध्यक्ष संतोष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । प्रदेश मिडिया प्रा.लिका अध्यक्ष प्रदिप गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार प्रभात लामाले गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...