कुख्रेनी खोलामा बालुवा चाल्ने श्रेष्ठको सुतेकै ठाउँमा ज्यान गयो

२०७५, २७ जेष्ठ आईतवार १५:११

मकवानपुर, २७ जेठ । हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ र वडा नम्बर १३ पदमपोखरीको सिमानामा रहेको कुख्रेनी खोलामा बालुवा चाल्ने काम गर्दै आएका एक पुरुषको सुतेकै ठाउँमा ज्यान गएको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका–२ भँैसे घर भई कुख्रेनी खोलामा बालुवा,गिट्टी चाल्ने काम गर्दै आएका ३४ बर्षीय बिशाल श्रेष्ठ आईतबार बिहान मृत अवस्थामा फेला परेका हुन् । मृत श्रेष्ठको आफन्तको पहिचान भइसकेको र उनको शवलाई हेटौँडा अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाले जानकारी दिए ।

कुख्रेनी खोलामा रहेको टहरामा मृत फेला परेका उनी हेटौँडामा नै काम गरी बस्ने गरेको बताइएको छ । त्यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगरस्थित नरबहादुर आपगाईको मकैबारीमा शनिबार सनाखत हुन नसकेको ज्याला मजदुरी गर्ने ४५ बर्षीय भदै माझी मृत अवास्थमा फेला परेका छन् ।

कपिलवस्तुको मायादेबी गाउँपालिका–४ पिपरा बस्ने ६५ बर्षीय दार्सु बढई चाकरचौडास्थित सडकमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...