कोल्हवीमा नवदिपको तेश्रो अधिवेशन तथा सातौँ साधारण सभा सम्पन्न

२०७५, २७ जेष्ठ आईतवार ०९:४०

–अनिल प्रित
कोल्हवी, २७ जेठ ।
बाराको कोल्हवी नगरपालिका वडा नंं. ४ सपहीमा शनिबार नवदिप सामुदायिक बिद्युत उपभोक्ता समितिको तेश्रो अधिवेशन तथा सातौं साधारण सभा सम्पन्न भएको छ । कोल्हवी नगरपालिकाको वडा नं. ४ का वडा अध्यक्ष भेष बहादुर ढकालको सभाध्यक्षता तथा कोल्हवी नगर उप–प्रमुख सुनैना देवी थरुनीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । कार्यक्रममा कोल्हवी नगरपालिकाको प्रशासकीय अधिकृत रेशम बहादुर सिहंको विशेष आतिथ्यता रहेको थियो ।

अधिवेशनबाट नयाँ कार्यसमिति समेत चयन भएको छ । नयाँ कार्य समिति अध्यक्षमा गोपाल सिवाकोटी, उपाध्यक्ष जगदेव चौधरी, सचिव महेन्द्र देवकोटा, सह–सचिव चन्द्रा भण्डारी, कोषाध्यक्ष रामजी थपलिया र सदस्यहरुमा रिता देवकोटा , शान्ता पैडेल ‘सुवेदी ’, रबि प्रकाश भण्डारी , रोहित सुवेदी, धिरेन्द्र सुवेदी र सरस्वती खड्का गरी ११ सदस्यहरु चयन भएका छन् ।

लेखा समितिका संयोजक कृष्ण प्रसाद देवकोटा, सदस्यहरुमा विष्णु राज मैनाली, अन्नत पैडेल , ईन्दिरा देवकोटा र जयराम उप्रेती गरी ५ सदस्य लेखासमिति समेत गठन गरिएको छ । निर्वाचनको अध्यक्ष मण्डलमा संयोजक गोविन्द पौडेल सदस्यहरुमा तपेश्वर राय थारु, कृष्ण प्रसाद देवकोटा , सुस्मिता गिरी, शारदा सिहं महथा र निर्मला भण्डारी रहेका थिए ।

कार्यक्रममा गोबिन्द पौडेल , तपेश्वर राय थारु लगायतको आतिथ्यता रहेको थियो । सभामा पोलमाया लामिछाने , गोपाल सिवाकोटी र रामनरायण यादव लगाएतले मन्तव्य राखेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...