थारु महिला सभामा मायादेवी चौधरीको नेतृत्व

२०७५, २४ जेष्ठ बिहीबार १०:१४

–अनिल प्रित
कोल्हबी , २४ जेठ ।
थारु महिला सभाको अध्यक्षमा मायादेवी चौधरी सर्वसम्मत भएकी छिन् । बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नं. ६ प्रसौनमा सम्पन्न दोश्रो अधिवेशनबाट मायादेवीको नेतृत्वमा ११ सदस्सीय कार्य समिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा चन्द्रकान्ता चौधरी चयन भएकी छिन् ।

थारु कल्याणकारिणी सभा बाराका अध्यक्ष राम प्रसाद चौधरीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा आफ्नो बिहेमा दाईजो नलिने बारागढी गाउँपालिका बस्ने करैयामाई गाउँपालिकाका अधिकृत अमोद चौधरीलाई सम्मान समेत गरिएको थियो । स्थानीय गाउँमा बिहे गर्दा केटीपक्षसँग मनग्य दाईजो लिने गरेको भए पनि उनले भने आफ्नो बिहेमा केटी पक्षसंग दाईजो नलिई बिहे गरेका थिए । उनलाई प्रमुख अतिथि श्यामा देवी चौधरीले दोसल्ला ओढाएर सम्मान गरेकी हुन् ।

कार्यक्रमा बारा जिल्लाका प्रहरी प्रमुख मिरा चौधरी आउने भनिएता पनि उनी उपस्थित भइनन् । कार्यक्रममा थारु अगुवा लक्ष्मी चौधरी, चुनियादेवी चौधरी, मोतिदेवी चौधरी , रामनाथ चौधरी , भुवन चौधरी लगाएतकाले मन्तब्य ब्यक्त गरेका थिए । साथै कोल्हबी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष पुरन देव चौधरी र सोही वडाका स्वास्थ्य चौकीका प्रमुख मोहन चौधरी र पूर्व सांसद दिलमाया धामीले समेत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन थारु कल्याणकारिणी सभा बाराका सचिव यादव कृष्ण चौधरीले गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...