पहिरोले स्काभेटर सहित चालक र सहचालक परियो, सहचालकको मृत्यू

२०७५, २३ जेष्ठ बुधबार ०७:५८
File Photo

ताप्लेजुङ, २३ जेठ (रासस) । ताप्लेजुङको फक्तान्लुङ गाउँपालिका–२ खेजेनिनमा सडक खन्ने क्रममा माथिबाट पहिरो झरेर स्काभेटरसहित चालक र सहचालक पुरिँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।

आज साँझ झरेको पहिरोले बा २ ग ५२६३ नं।को स्काभेटर पुर्दा चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ का चालक कृष्णप्रसाद कुटुवालको मृत्यु भएको स्थानीयवासी राजेन्द्र लिम्बूले जानकारी दिए । उक्त घटनामा सहचालक विष्णुकुमार श्रेष्ठ घाइते भएका छन् । उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...