विधान परिमार्जन काँग्रेस करेक्सनको मुलढोका

२०७५ जेष्ठ २१,सोमबार १८:५४

–केशब खड्का
प्रजातन्त्र र लोकतन्त्रको निरविकल्पका रुपमा रहेको एक मात्र दल नेपाली काँग्रेस हो । नेपालमा राजनीतिक रुपमा रहेका अनेक मुद्धामा आफुलाई अग्रभागमै राखेको काँग्रेसले जन्मदेखि नै लोकतन्त्रका मुलभुत सिद्धान्तको ओकालत गरि नै राख्यो । जनताको खोसिएका अधिकारका लागि कहिले राणा, कहिले पञ्चायत, कहिले राजासँग पौठेजोरी खेलि नै राख्यो र यी मुद्धामा आफु अग्रभागमा मात्र रहेन यी मुद्धाको सोचबिचारसहित सफल किनारा पनि लगायो । स्थापना पछि बि.सं.२००६ सालमा संशक्त भएको नेपाली काँग्रेसले १ बर्ष पछि नै १०४ बर्ष जरो गाडेर बसेको राणाको जुग नै अन्त्य गरिदियो । जनताको भरोसा र एक मात्र आस्था बन्दै आएको नेपाली काँग्रेसले पहलिो पटक नेपाली जनतालाइ प्रजातन्त्रको स्वाद चखायो र सोको अभ्यास पनि गरायो । जसअनुसार २०१५ सालमा आम निर्वाचन भइ जननिर्वाचित प्रधानमन्त्रीका रुपमा महामानव बि.पि.कोइराला आउनुभयो । काँग्रेसको जनलहरबाट अत्तालिएका राजाहरुले प्रधानमन्त्री बि.पि.कोइरालाई १८ महिना नपुग्दै कु गरी जेल चलान गरिदियो र अर्को राजनितिक बिषमता खडा भयो । काँग्रेसको अर्को लडाई निर्दल कि बहुदल भन्नेमा केन्द्रित रहयो । राजाहरुले बहुदलको सख्त खिलापमा थिए भने काँग्रेसको जनताको साथ लिइ बहुदलको वकालतमा थियो । काँग्रेसको यो शक्ति सामु पनि राजा र पञ्चेहरु नाकामी भए र जनमत सँग्रंह गराउन बाध्य भए । जनतमत संग्रहमा बहुदलीय ब्यबस्थाको जित भो जसको शुत्रपात नेपाली काँग्रेस नै थियो । स्मरणीय छ त्यतिबेला अहिलेका कम्युनिष्टहरु राजाका समिप थिए र राजाले जे भन्यो त्यही सदर गर्थे ।

यसरी विभिन्न सफल इतिहास बोकेको प्रजातन्त्रको जननी काँग्रेसको अग्रणी भुमिका यो पछिल्नो पुस्ताले पनि देख्न पायो । ०६२–०६३ को आन्दोलन ,शान्ति प्रक्रिया ,संबिधान निर्माण र संविधान अनुसारको तिनै तहका सफल निर्वाचन सहीतको संविधान कार्यन्वयनको शुरुवात यसका ज्वलन्त उदाहरण हुन् । केही शताब्दी अघि नेपाली समाजमा एउटा कुरुप गाली नै थियो घरमा काँग्रेस पसोस् । यो त्यो बेलाको समाजको ठूलो गाली थियो । जसको अर्थ समाजमा वा घरमा कुरीती भए ,भेदभाव भए ,नराम्रा गतिबिधि भए काँग्रेसका कार्यकर्ता आउँछन् र दण्डीत गर्छन् भन्ने छाप नेपाली समाजमा थियो । र त्यतिबेलाको समाजले नेपाली काँग्रेसलाइ स्वतन्त्रताको जननी मात्र हैन सामाजिक न्यायको मुर्ती पनि मान्थ्यो । काँग्रेस प्रति अटल मात्र होइन अजम्बरी बिश्वास आम जनतामा थियो ।

नेपाली काँग्रेसको अर्को सबल र बृहत पक्ष यसको सिद्धान्त पनि हो । नेपाली काँग्रेसले अंगिकार गरेको सिद्धान्त नेपाल सापेक्ष र समाज सापेक्ष छ । कुनै बेदेशी चिन्तकको ,साधकको बिचारलाइ उल्टोपाल्टो पारेर नेपाली समाजलाइ त्यही सरहको बनाउछु भन्ने ध्येय नेपाली काँग्रेसले राखेन । महामानव बि.पि कोइरालाले नेपाली समाज बुझेर र नेपाल जानेर प्रतिपादन गर्नुभएको राष्ट्रियता, लोकतन्त्र र समाजवाद वास्तवमा नेपालीकै लवज र जिवन पद्धत्ती थियो ।

सिद्धान्त र इतिहास यति चाख लाख्दो र स्मार्ट भएको दलको कार्यशैली , कार्यकुशलता र कार्यपद्धतिमा आम र बिपक्षको बारम्बार हमाला हुने गर्छ । बिपक्षीले उठाउने गरेको कार्यकुशलताको प्रश्नमा त्यति जायजीपन देखिँदैन । नेपाली काँग्रेसले जब जब सत्ताको बागडोर सम्हाल्न जान्छ ठिक त्यति बेला नै बिपक्षको चौघेरामा उभिए सरह देखिन्छ । उदाहरणका लागि बि.पि.कोइरालालाई पदच्युत गरी कु गरीनु ,२०४८ सालमा सरकार बनाउनु बिपक्षको घेरा र केही सालपछि नै माओवादी युद्ध शुरु हुनु लगायतका उदाहरण र इतिहास हेर्दा यी कुरा मित्थ्या हुन भन्ने बलिया आधारहरु भेट्न सकिन्छ । यद्यपी यी समयमै काँग्रेसले लिएका उदार नीति र अर्थतन्त्रका कारणले देश यो स्थानमा उभिएको छ । र पनि आम जनताले र कार्यकर्ताले नै लगाउने गरेको कार्यशैली र कार्यपद्धतिमा भने अनगिन्ती दाग लगाउन सकिने बलिया प्रमाण समान्य नागरीकले समेत ठम्याउने गरी छताछुल्ल देखिन्छन् ।

बि.पि कोइरालाको बिचार, चिन्तन र उनले कल्पनाका गरेको समाज नबझी नेता बन्ने परिपाटी काँग्रेसमा ब्याप्त भयो । स्वतन्त्रताको यति धेरै अभ्यास काँग्रेसले आफ्नै पार्टी भित्र गर्यो कि जुन अभ्यास संसारका कुनै संगठन र समाजले गरेका छैनन् । जसरी बसेपनि हुने ,जे खाए पनि हुने ,जे बोले पनि हुने ,जे गरे पनि हुने पार्टी नै काँग्रेस हो भन्ने आम बुझाइ जनमासमा गयो । यो पंक्तिकार एउटा घटना सम्झन्छ ,लगभग ७ वर्ष अघि एक सरकारी कलेज पढ्दा होस्टेलमा बस्ने एकजना जो नेबि संघका सदस्य थिए उनलाइ चुरोट तथा रक्सी नखाएकाले त नेबिसंघमा बस्न मिल्दैन भनि नेबिसँघले संगठनबाट हटायो पछि तिनै हटाएका ब्यक्तिले नेपालगञ्जमा अखिलबाट स्वबियु सभापती जितेछन् । यस्ता कुरुप उदाहरण हामीले नै नेपाली समाजलाइ दिइरहयाँै । हामीलाई लगाम लगाउने कोही आएनन् । हाम्रो स्वतन्त्रतामा धावा बोल्ने कोही भएन हामी कावा खाना उडको पंक्षी जस्तो भयौँ ।

यी विविध कारणको भर्याङ एकै चोटी ठडियो जब ठुला भनिएको कम्युनिष्ट पार्टी एक भएर चुनावमा गए । जसको परिणाम इतिहासकै लाजमर्दो हारमा काँग्रेस पछिल्नो चुनाबहरुमा बस्नुपर्यो । चुनाब किन हारियो यसको जवाफ बडा सजिलो छ ः कम्युनिष्टहरु एक भएर । कारण यति मात्रै हो त आम कार्यकर्ता र पार्टीमा एकरुपता छैन । बहसहरु चल्दै छन् अझै गम्भिर छलफल बहस होलान् । तर प्रश्न आम कार्यकर्ताको एउटै छ कि यतिबेला काँग्रेस किन मौन छ ? किन बिभक्त छ ? केही दिन अघिको घटना सम्झन्छु , त्रिचन्द्र कलेजमा काँग्रेस भातृ संगठनको दुई गुटलाई खुकुरी अभ्यास गराइयो । कुन गुट बलियो हुन् भन्ने कुरा कति जनालाई छप्काउन सकिन्छ भन्ने संख्यामा मापन गराइयो । दर्जनौ आफ्नै कार्यकर्तालाइ गुटका नाममा आफ्नै साथीबाट खुकुरी हनाइयो । एक जना नेबिसंघका केन्द्रिय नेताले उक्त घटनाका घाइतेको फोटो राख्दै आक्रोश पोखे । मैले पनि मेरो स्वतन्त्रताको उपयोग गर्दै अब काठमान्डौ बाहिरको नेबिसंघका साथीहरु शैन्य अभ्यासमा जुटौँ गुटको राजनीति गर्ने काठे नेबिसंघलाई टुँडिखेलमा ल्याएर गोली हान्नु पर्छ भन्दै कमेन्ट गरिदिएँ । मेरो आक्रोश जस्तै हरेक तल्लो । सतहका कार्यकर्तामा आक्रोश, सन्त्रास र द्विविधा पैदा छ । जसको निराकण गर्न आम पार्टी तथा संगठन लाग्नुपर्नेमा उल्टो तहमा काम भइरहेको छ । केही समय अघिबाट तरुण दलले बडो संशक्त तरिकाले कार्यकर्तामा गइरहेको छ । हो यही सबै कार्यकर्ताले चाहेका छन् । तरुण महामन्त्री भुपेन्द्रजंग शाहीसँग मैले एक रात गुनासो गरेँ । हामी किन अरुभन्दा पछि पुग्छौँ ? अरुको सिको गरेजस्तो गरी हाम्रो संगठन किन चल्छन् ? किन नयाँपन र जनताको सेन्टिमेन्ट सही समयमा लिन सक्दैनौँ ? मेरा यी सबै प्रशनमा समर्थन जनाउँदै अब केही गर्ने बताउनुभएको सम्झन्छु । वहाँको टिमले अहिले निकै उत्साहित काम गरिरहेको छ । एकजुट भएर कार्यकर्तालाइ जागरुक बनाउदै छ ।

काँग्रेसीहरुको मनोदशाः

नेपाली काँग्रेस लाखौँ लाख सदस्य रहेको बिशाल संगठन हो । पार्टी, भात ृसंगठन ,शुभेच्छुक संस्था सहितको लामो लाइन् काँग्रेस भित्र छ । संगठन निर्माण र सशक्तिकरणको बलियो तरिका घुलमिल र सम्पर्क नै हो । सम्बन्ध बिस्तार र कार्यकर्ताको रेस्पोन्सले संगठनमा ज्यादै ठुलो अर्थ र योगदान राख्छ । तर यहाँनेर बडो मन अमिलो पारेर लेख्नै पर्छ कि पार्टीका केही बाहेक सबै तथा अन्य सबै भातृ र शुभेच्छुक संस्था नेताहरुले यो आबश्यक ठान्दैनन् । केही समय पहिले पुराना नेता पुर्ब सभामुख तारानाथ रानाभाटको एउटा अन्तरवार्ता सम्झिन्छु । वहाँले एउटा गहिरो कुरा गर्नुभएको थियो कि पहिलेको काँग्रेस र अहिलेको काँग्रेसमा के फरक छ भन्दा पहिले सबै कार्यकर्ताले सबै नेता चिन्दथ्यो तर अहिले आफ्नै जिल्लाको नेतालाइ जिीलाकै आम कार्यकर्ताले चिन्दैनन् । नेता चुनावको बेला छलाङ हानेर आउँछ । उसले सम्बन्ध र सम्पर्कमा बिश्वास राख्दैन शक्तिको पुजारी बन्ने कुरामा चिन्तीत रहन्छन् नेताहरु । समस्या यही हो काँग्रेसी मनोदशाको । काँग्रेसलाई शुभेच्छा राख्ने कर्मचारीको नेता हेरौँ, बिधार्थीको नेता हेरौं, गैह्रसरकारी सेक्टर तिर काम गर्ने सिनियरहरु हेरौँ यस्तौ लाग्छ उनीहरुसँग बोल्न हुन्न, सम्पर्क र सम्बन्धको कुरा त धेरै परको रह्यो । जब सम्म यो महाराज मनोवृतिले हाम्रा सिनियरहरु पिडित रहिरहन्छ तबसम्म कुनै संगठन न गतिशिल हुने अपेक्षा गर्न सकिन्छ न त सशक्त । संगठन बलियो नै बनाउने चाहा सबैले राख्ने हो भने आम कार्यकर्ता र त्यसपछि जनस्तरसँग सम्पर्क, सम्बन्ध र घुलमिल हुन जरुरी छ । जसको एउटा सानो उदाहरण गुल्मी काँग्रेसले शुरु गरेको जनतासँग काँग्रेस कार्यक्रमलाइ लिन सकिन्छ । पार्टीका धेरै नेताको प्रबृति र मनोदशा ख्याल नभएपनि खुमबहादुर खड्का र पछिल्लो पुस्तामा शंकर भण्डारी संगठन र कार्यकर्तामा गरिने ब्यबहार मलाइ खुबै चाख र रुचि भएको बिषय थियो । भेट्न जाने कार्यकर्ता र फोन गर्ने कार्यकर्ताले आफुले भनेको हुनै पर्ने अभिलास बोकेको हुदैन । उसलाई गरिने ब्यबहार र रेपोन्सले ठुलो अर्थ राख्छ । एकचोटी भेटेको मान्छेलाई सधँै चिनेकै जसरी ब्यबहार गर्नु ,कान्छा, काले उपमा दिएर माया देखाउनु ,फोनमा कहील्यै ब्यस्थ भएझै नगर्नु, मलाई अचम्म लाग्थ्यो खुमबहादुर र शंकर भण्डारीका यी बानी देख्दा र आफुमा उत्प्रेरणामा पनि आउँथ्यो त्यस्तै बन्ने । बास्तवमा आम काँग्रेसीहरुले खोजेको मनोदशा यही नै हो ।

अबको बाटो के ?
चुनाव सकिएको लामो समय भैसकेको छ । पार्टीले अहिले सम्म कार्यकर्ताले थाहा पाउने गरी कुनै ठोस कार्यक्रम ल्याइसकेको छैन । यसै बिचमा बिधान संसोधन तथा संगठानिक पुनरसंरचनाका कुराहरु पनि उठिरहेका छन । पार्टीले आगामी असार पहिलो साता हेटौँडामा जिल्ला सभापतिहरुको भेला राखेको छ । उक्त भेलाले पनि संगठन र बिधानको बारेमा राय तय गर्ने भनिएको छ । जे होस् पछिल्नो समय उठिरहेको बिधान संसोधन नै काँग्रेस करेक्सनको टर्निड पोइन्ट हो । अबको समयमा बिपिको चिन्तनलाइ जिवन्त राख्न नयाँ ब्यबस्था र नयाँ स्वरुपमा जानै पर्छ । ब्यबस्था नयाँ, प्रणाली नयाँ तर त्यो ब्यबस्था र प्रणाली ल्याउन अनेक संघर्ष गरेको दल चाँही पुरानो प्रारुप अंगालेर कतै पुग्न सक्दैन । अबको युग युवाको युग छ । युवाहरु विकसित प्रणाली र प्रबिधिसँग निकै नजिक भैसकेका छन् । हरेकका हरेक गतिबिधि तात्तात्तै सबैको कानमा पुग्ने जमाना छ । यो जमनासँग हिँड्न सक्ने खुबी नभएका नेताहरुले न संगठनको लक्ष्य हासिल गर्न सक्छन् नत युवाको मन जित्न नै सक्छन् । अब हामीले युवाहरुको मन जितेर संगाठानिक लक्ष्य हासिल गर्नु छ । यसका लागि बिधान संसोधन एक मात्र काँग्रेस पुनरनिर्माणको खाका हो । बिधानको नयाँ ब्यबस्था पछि नयाँ संगठन निर्माण हुन्छ । नयाँ सोचको बिकास हुन्छ । अब पार्टीले कुनै देशको व्यबस्था र संरचना हेरेर आफनो बिधान बनाउनु पर्ने अबस्था छैन । अब हामीले काँग्रेस सशक्त र बलियो हुने तथा आन्तरिक लोकतन्त्रको अभ्यास जोकोहीले पनि बडो सहजताका साथ हेर्न पाउन र भोग्न पाउने ब्यबस्था सहितको बिधान बनाउनुपर्छ । बिधान परीमार्जन र संगाठानिक पुनरसंरचनाका लागी यो पंक्तिकारले अबको सभापति भेला, महा समिती बैठक तथा महाधिबेशनले निम्न कुरा अंगाल्न सुझाब पेश गर्दछ । जुन काग्रेस करेक्सनको मुलढोका हुनेछन् ।

१.पार्टी केन्द्रीय समिती तथा अन्य वडासम्ममा २ खालको संयन्त्र राखेर गठन गरिनु पर्ने । सल्लाहकार सभापति सहीतको केन्द्रीय सल्लाहकार समिति र कार्य सञ्चालन सभापति सहीतको केन्द्रिय समिति राख्ने र त्यही रुपमा वडा सम्म आउने । कार्यसञ्चालन समितीमा उमेर हद लगाउनु पर्ने ।
२.केन्द्रिय महाधिबेशनमा प्रत्येक जिल्लामा कम्तिमा ५ बर्ष त्रियाशिल सदस्य हँुदै आएका सबै सदस्यले आफ्नै जिल्लामा भोट हालेर केन्द्रीय टिम निर्वाचित गराउने ब्यबस्था गराई अहिलेको सिमित मान्छेले मात्र भोट हाल्न पाउने ब्यबस्था खारेज गर्ने ।
३.पार्टीलाइ संघीय मोडलमा लगी मधेशी,जनजाती,दलित तथा अल्पशंख्यकको अनिवार्य सबै क्षेत्रमा प्रतिनिधित्व गराउने ।
४.केन्दिय सदस्यहरुलाइ अनिवार्य तोकीएको क्षेत्रमा तोकीएको दिनसम्म बस्नै पर्ने गरी प्रशिक्षण र सामाजिक अन्तरक्रियामा सामेल गराउने तथा थप अधिकारी सहीतको बनाउने ब्यबस्था गर्ने ।
५.पार्टीको अन्तराष्ट्रिय बिभागलाई थप मजबुद र चलायमान बनाउन आबश्यक ब्यबस्था गर्ने
६.भातृसंगठनले समयमा महाधिबेशन गर्न नसेकेमा हस्तक्षेप गरी समयमै महाधिबेशन गराउने ब्यबस्था गर्ने
७.साधारण सदस्य ,क्रियाशिल सदस्य सहीतको बिस्तृत बिबरण भएको रोष्टर तयार पारी डिजिटल काँग्रेसको ब्यबस्था गर्ने
८.प्रत्येक वडाको मतदाता प्रोफाइल तयार पार्ने जसमा उनीहरुको शैक्षिकस्तर, जिवनपद्धति, भाषा, जात, धर्म लगायत समाबेश होस् सो सम्बन्धि आबश्यक ब्यबस्था गर्ने
९.अनुशासन समिति थप अधिकार सहीतको सशक्त वनाउने
१०.केन्द्रीय समिति लगायतका वडासम्मका समितिहरुको बैठक, महा समिति बैठकहरुलाई कडाइ गर्ने र अनिवार्य बनाउने ब्यबस्था गर्ने
११.उम्मेदवार टिकट बितरणको लागी प्रदेश र केन्द्रमा बिज्ञ सहीतको अधिकारीमुखी आयोग बनाउने ब्यबस्था गर्ने
१२. ग्रामिण कार्यकर्ता खासगरी वडा लेभलकालाई उत्पादन र रोजगारीसँग जोडीदिने ब्यबस्था ल्याउने तथा बैदेशिक रोजगारमा गएका युवा र उनीहरुको घरपरिवारमा जोडिन काँग्रेस निकट नेपाल बैदेशिक रोजगार संघ बनाइ थप मजबुद गतिशिल बनाइ उनीहरुसँग पार्टी जोडिन आबश्यक ब्यबस्था गर्ने ।
लगायतका ब्यबस्था मात्र भएपनि काँग्रेसले आफ्नो बिधानमा समेट्न सक्ने हो भने देशमा नयाँ तरंग आउने छ । जनतामा नयाँ आशा पलाउनेछ । कार्यकर्तामा उत्साह र जाँगर आउनेछ अनि कसरी बन्दैन नयाँ काँग्रेस ।।।
(खड्का नेपाल विद्यार्थी संघ जिलला कार्य समिति मकवानपुरका सदस्य हुन् ।)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*