फेरि बढ्यो पेट्रोलको भाउ

२०७५, १९ जेष्ठ शनिबार २१:५३

काठमाडौँ, १९ जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य आज मध्यरातदेखि लागू हुने गरी फेरि बढाएको छ । पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु तीन÷तीन का दरले वृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । यो सँगै पेट्रोलको मूल्य ११३ पुगेको छ भने डिजेल र मट्टितेलको रु ९५ पुगेको छ ।

ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर रु १.५९ तथा डिजेल र मट्टितेलमा रु ३.४९ घाटा रहेको जनाएको छ । (रासस)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...