वायु प्रदुषण गर्ने युरो ३ गाडी भारतबाट नेपालमा भित्रियो, खुलेआम बिक्री वितरण

२०७५, १८ जेष्ठ शुक्रबार ०९:०४

काठमाडौँ, १८ जेठ । भारतले तीव्र गतिमा बढिरहेको वायु प्रदूषण नियन्त्रण गर्न १ अप्रिल २०१७ बाट युरो-३ मापदण्डका सवारीसाधन निषेध गरेपछि यस्ता सवारी साधन नेपाल भित्रिने क्रम बढेको छ । आजको नागरिक दैनिकको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

भारतको सुप्रिम कोर्टले युरो-३ मापदण्डका गाडी बिक्री तथा दर्तामा समेथ रोक लगाए पछि त्यहाँ हाल यस्ता गाडीको उत्पादन पनि बन्द भएको छ । भारतमा युरो ३ मापदण्डठका आठ लाख सवारी साधन स्टक रहेको उल्लेख छ । पछिल्लो समय ती गाडीको बिक्री स्थल नेपाल बनेको छ । युरो-३ गाडीलाई वायु प्रदूषणको प्रमुख कारक मानिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...