ट्याङ्करले ठक्कर दिएका मनहरीका रामको मृत्यू

२०७५, १३ जेष्ठ आईतवार १४:११

मकवानपुर, १३ जेठ । मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी बजारस्थित पूर्व–पश्चिम राजमार्गमा बाटो काट्दै गरेका पैदल यात्री सोही ठाउँ बस्ने ५५ वर्षीय राम भारतीको उपचारका क्रममा मृत्यू भएको छ ।

हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको यूएनको ट्याङकरले बाटो काट्दै गरेका पैदलयात्री भारतीलाई शुक्रबार ठक्कर दिँदा गम्भीर घाइते भएकोमा पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका लागि लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिऐको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...