नेपाली मान्छीको फुत्ति छाईना

२०७५ जेष्ठ ६,आईतवार १७:४५

–जनकमान डंगोल
पञ्चेती शासनको बेलामा स्व. राजा महेन्द्र तथा बिरेन्द्रको अनुरोधमा मित्र राष्ट्र चीन सरकारले नेपालमा निकै नै उधोग धन्दाको विकास गरिदिएका थिए । २०३२–३३ साल तिर हेटौँडा औद्योगिक क्षेत्र भित्र पूर्ण सरकारी उद्योग ‘हेटौँडा कपडा उद्योग’ भन्ने नाम बाट कपडा उधेगको जगको सिलान्यास भयो । त्यत्रो विशाल उधेग बनाउन हज्जाराँ हज्जार नेपाली देखि चिनियाँ मजदुरहरुले पसिना बगाएको पंक्तिकारले राम्रैसंग देखेको थियो ।
उक्त उधोग बनाउने सिलसिलामा भुइँ जग देखि नै मित्र राष्ट्र चीनबाट विभिन्न विधाका दक्ष कारिगरीहरु आएका थिए । उद्योग नजिकैको स्थानीयहरुको गाई बाख्रा चराउने जंगलमा दिन प्रतिदिन उधेग बन्न सुरु भो । रोजगारी पाईने आसामा सबै दंग पर्दै खुसीले फुरुंग भएका थिए ।
एक दिन कामको सिलसिलामा हेटौँडा वार्ड नम्बर ७ मा बसोबास गर्ने ढकाल थरिका एक जना मजदुरले चिनियाँ भाषा नबुझेर नै होला काम टिप्न सकेनछन् । बोधो दिमाग भएकाहरुलाई चाईनिजले मन पराउदैन रे भनेर भन्थे । चाइनिज रिसाउँदै ति मजदुरलाई प्याच्च भन्देछ ‘नेपाली मान्च्चिको फुत्ति छाईना’ अर्थात नेपाली मान्छेको बुद्धि छैन । बेलुका काम सकेर आएपछि तिनले ‘मलाई आज चाइनिजले यस्तो भन्यो’ भनेर त्यो चाइनिज कारिगरको बोलीको नक्कल गरेर देखाए । हामी चैँ घत पारेर हाँस्यौ र ताली बजायौँ ।

वास्तबमा ति चाइनिज कारिगरले जानेर नै भनेका रैछन ‘हो हामी नेपालीको बुद्धि छैन’ । हाम्रो बुद्धि भै दिएको भए आफ्नो देश छाडेर नेपाल आएका ति सयौँको संख्याका चाईनिजहरु आएर दुख–पसिना बगाएर त्यत्रो विशाल उधोग बनाइ दिनेहरुको श्रमको सम्मान गर्न सिक्थ्यौँ होला ।
२०४६ साल देखि आजका मिति सम्ममा पनि कांग्रेसदेखि कम्युनिस्ट पार्टीमा लाग्नेहरुले ३० बर्षे पंचायती शासन ब्यबस्थालाई निरंकुस सासन प्रणाली भन्थे र अझै भन्न पनि छाडेका छैनन् तर त्यहि निरंकुस सासन प्रणालीमा नाफामा चलेर बोनस र विभिन्न भत्ता खुवाउने कारखानालाइ आज खण्डहर जस्तै बनाउने थिएनौ होला ।

खण्डहरमा परिणत भएको हेटौँडा कपडा उद्योग

२०४६ साल पछि चरम राजनैतिक पार्टीको अखडा, दिन प्रतिदिनको हड्ताल, नारा, जुलुस र बन्द हडतालले गर्दा पटक पटक चल्दै बन्द हुँदै अन्ततः कारखानानै खारेजीमा पर्यो । हेटौँडा कपडा उधोग भित्र रहेको भवनहरु आज भुत बंगलामा परिणत भएको छ । माल पाएर चाल नपाउनेहरु भएसी देखिने नतिजा यस्तै हुन्छ ।

पंक्तिकारको घर नजिकैको हेटौँडा कपडा कपडा उधोग अनि हामीहरुलाई बाहिरको मान्छेले हामीलाई घर कहाँ ? भनेर सोध्दा छात्ती चौडा बनाउदै ‘हेटौँडा कपडा उद्योग देखेको छ’ भनेर सोध्ने गथ्र्यौँ । अनि हो त्यही नजिकै हो हाम्रो घर भनेर जवाफ दिन्थ्यौँ । बाहिरबाट आउने मानिसहरुको लागी हामो मार्ग पहिल्याउने बिन्दु पनि त्यहि कपडा उधोग नै थियो ।

निरंकुश भनिएको पंचायती शासनको समयमा ठडिएको त्यो विशाल उधोगलाई प्रजातन्त्रको गतिलो उपहारले अन्तत सदाको लागी बन्द हुने अबस्थामा पुर्याई दियो । त्यसो हुनुमा पार्टीका नेताहरुनै दोषी छन र त्यो भन्दा बढी दोषी उधोगमा काम गर्ने मजदुरहरु समेत छन् किनभने निमकको सोझो गर्न जानेका भए पार्टीको पछि लागेर दिनहुँ बन्द र हड्ताल गर्ने जस्ता काम पक्कै पनि गर्दैन थिए । मकवानपुरे जनता अझ खासगरी हेटौँडा नगरपालिका र सो वरिपरीका गाउँ विकासका जनता समेत गरि हज्जारौँ हजार जनाको रोजगारी सदाको लागि गुम्न पुग्यो । अहिले फुर्सदमा पछुताउँदै बसेका छन् ।
प्रजातन्त्र देखि अहिलेको गणतन्त्रले कपडा उधोग मात्रै हैन हेटौँडा औधोगिक क्षेत्र भित्रका धेरै कलकारखानाहरुको हाल त्यस्तै बनाइ दिएको छ । कारखानामा भर्ना भए पछि काम धन्दा छोडेर पार्टीको भन्दा अरु आज्ञा पालन गर्न जानेनन हाम्रा दाज्यु भाइ तथा दिदीबैनीहरुले । हिजो पार्टीको लागि तन, मन र धन दिएर लागे । तिनका नेता देखि मजदुरको नाममा राजनीति गर्ने ठुटे नेताहरु समेत ठुला र धनी भए तर ति मजदुरहरुलाई बेरोजगार बनाउने ति पार्टीका नेताहरुले अझै पनि तिनै मजदुरहरुलाई हतियार बनाउदै आएको छ तर न नेताले मजदुरको दुःख कस्ट बुझ्छ न ति मजदुरको चेत खुलेको छ ।

उधोग निर्माण गर्ने सिलसिलामा ति चाइनिज कारिगरले ‘नेपाली मान्च्छीको फुत्ति छाइना’ भनेर ठिक भनेका रैछन । बुद्धि भै दिएको भए आफ्नो पेटमा आफैले लात हान्दैन थिए । नेताको गुलियो बाइरोडको जस्तो भाषामा मक्ख पर्दै तिनका लागी तिनका पार्टीका दास बन्दैन थिए होलान् ।

धेरैले सोच्दा हुन राजधानीमा बसोबास गर्ने राजधानीबासीहरुले पटक पटक परिवर्तन गरेका हुन् तर त्यो सतप्रतिशत झुठा हो किनभने हेटौँडा र काठमान्डौको दुरी त्यति टाढा छैन । कारखाना नै बन्द गरेर ल्याएको परिवर्तनले के–के पाइयो अब त्यतिखेरका मजदुरको पगरी भिरेका हाम्रा दाज्यु भाइ तथा दिदीबैनीहरुले पक्कै पनि बुझेको हुनुपर्दछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*