बिदेसिनेहरुको ‘मास्टर डिग्री’ भाँडा माझ्न कै लागि हो त ?

२०७५ जेष्ठ ३,बिहीबार २०:४०

-जनकमान डंगोल
२०४६ सालको राजनैतिक परिवर्तन पस्चात हाम्रो देस नेपालमा पनि बिदेस जाने लर्को द्रुतगतिमा लागेको देखिन्छ । अध्ययनको लागी भन्दै यसरि बिदेस जानेहरुमा के युवा के युवती के अर्धबैंस सबै उमेरका छन । नेपालमा भएको उच्च शिक्षाको डिग्री हासिल गरे पश्चात प्राय सबैको सोचाई हुन्छ बिदेस कसरि लाग्ने ।

पश्चिम तिर घर भएर हाल डेनमार्कलाई कर्मथलो बनाएका एकजना मित्रले भन्नुभो यतातिर हाम्रो देसको डिग्रीको त कुनै भ्यालु छैन । युरोपमा फेरी मास्टर गरेपश्चात ग्रीन कार्ड पनि पाईयो । high skill कामदारको रुपमा धेरै वर्ष युरोपका विभिन्न देशहरुमा काम गरीयो । देश फेरीयो, वसाई फेरीयो तर काम कहील्यै फेरीयन । सधैको एकै रुटिन हुन्थ्यो आर्काले खाएको जुठो भाँडा मजाई । युरोप गएर भांडा माझ्ने अन्य नेपालीहरु सरहको कोटिमा आफुलाई पनि उभ्याइएको थियो ।

NRN अर्थात गैह्र आवासीय नेपालीहरुको संस्था । त्यो संस्थामा गएर हाम्रा नेपालीहरु निकै ठुला ठुला गफ दिन पछी पर्दैनन । समय मिलाएर नेपाल जान्छन, रेडीयो टी.भी मा धक नमानी अन्तरवार्ता दीन्छन । तिनीहरुको अन्तर्वार्ता म आफै समेत भाडा माज्दै you tube मा सुन्छु ।

NRN को कार्यसमितिमा हेर्छु हामी सगै भाडा माझीरहेका साथीहरु छन । रातभरीको काम जुठो भांडा मजाई अनि दीन भरीचै सुताई तर गज्जव को कुरा के भने युरोपवाट नेपाल गयपछी नेपालका नेतालाई थोत्रा गफ दीयो मख्ख पार्यो । के गर्नु वास्तवमा भन्ने हो भने बढी गफाडीमा युरोपका NRN हरु छन । त्यसैको बलमा विभिन्न राजनीतिक पार्टीहरुका बिदेस बिभाग खोलेर राजनीति गर्न समेत भ्याएका छन ।

यु.के, बेल्जियम अनि पोर्चुगलतिर केहिले ब्यापार ब्यबसायमा लागेर अवार्ड पनि पाएका छन तर डेनमार्क, स्विडेन, नर्वे लगायतमा ९९% को काम भनेकै जुठो भाँडा मझाई हो । नेपालका लेक्चर, अधिकृतहरु, इन्जीनियर, डक्टर तथा नर्सहरु समेत यही काम मा व्यस्त हुन्छन तर यो काम पाऊन नि कहा सजीलो छ र । कही कही त हाईजेनीक ३ दीने कोर्ष गर्नु पर्दछ ती नेपालका PHD र Master का सर्टिफ़िकेट त शिरानी मुनी हो । वायोडाटामा जागीर अनुभवमा नेपालका प्रतिष्ठित होटलमा भाडा माझेको अनुभव हाल्नु पर्दछ ।

ति मित्र गुनासो गर्दै भन्नुहुन्छ जानेर वा नजानेर ठुलो सपना देख्दै युरोप आईयो तर मैले नेपालमा दिनरात नभनी दुख्ल गरेर कमाएको डिग्रीको यता कुनै मुल्य रहेनछ । मैले त्यत्रो दुख गरेर आर्जन गरेको मेरो मास्टरको डिग्रीलाई यता कुनै मान्यता दीइएन । पुन: आर्को डिग्री हासिल गर्नु पर्ने भयो तर डिग्री हासिल गर्नलाई चाहिने भनेको धन हो । बिना धनको डिग्री हासिल गर्न कि त नेपालमा अभिभावक कुलीन घरानाको हुनु पर्यो हैन भने आफैले नकमाए सम्म डिग्री हासिल गर्ने अरु कुनै गुन्जायेस पनि थिएन । अन्तिममा गर्ने भनेको काम भनेकै नेपालका छोरी बुहारीले जस्तरी गर्ने साँझ बिहानको काम त्यही जुठो भाँडा मझाई हो ।

काम नगरी पैसा पाईदैन । युरोपमा काम पाउन पनि त्यत्तिकै सास्ती छ । घरमा आफुले खाएको जुठो भाँडा कहिले सफा गरिएन तर यतात त्यै जुठो भाँडा सफा गर्न पनि ३ दिनको तालिम लिनु पर्ने । मान्छे भन्दा ठुला ठुला ड्रम देखि अन्य डेक्चि, प्लेट, चम्चि, काँटा आदिको रास र रातभरी काम भनेको अंग्रेजीमा डिस क्लिनर अर्थात डीसवास लाई हाम्रा छिमेकीको देसमा भन्ने गरिएको ‘डेक्चि ड्राईभर’ नगरी कुनै सुख: नपाइने । हामि हिन्दुको छोराछोरी । गाईको हड्डी राखेर बनाईएको सुप पकाईने अजंगको भाँडो पहिलो पटक सफा गर्दा यो हृदय के कस्तो भो होला ? त्यसको अनुमान गर्नुस त एक चोटि ।

October 18, 2014 का दिन सन्तोस भटराई बेल्जियमबाट हराएर पेरिस पुगे । मानसिक तनाव, पीडा र चिन्ताले उनी बेसहारा बने । अनि सडकको कतै पेटीमा बस्ने, मागेर खाने, नदिए सामाजिक संस्थाले खाना खुवाउने ठाउँमा माग्ने । सडक पेटी, पार्क वा रेलका लिक छेउमा सुत्ने । यस्तो खबर समेत सामाजिक संजाल फेसबूकमा पढ्न पाईएको थियो ।

नेपालमा हुँदो खाँदोको जागिर छोडेर दलाललाई बिसौ लाख डुबाएर अनेक दुख: कस्ट सहेर युरोप अमेरिका गएर गाईगोरुको हड्डी मासु राखेर बनाएको भाँडा माझेर कमाएको पैसाले डिग्री हासिल गरिएला वा त्यसरी कमाएको पैसाले नेपालमा धन सम्पति पनि जोडिएला तर सम्पति जोड्नु भन्दा अगाडी पाईएको दुख: कस्ट र हण्डर भोगिएको देख्दा देख्दै पनि नेपालमा गएर अनेक थरिको गफ दिनु भनेको अन्य सोझा सिदा नेपालीहरुको लागी धोखा तथा छल हो भनेर किन सोचिदैन ? अनि पोर्चुगल मा रातों पासपोर्ट वनायर युके डेनमार्क वेल्जीयम जाने नेपालीहरु को रातों पासेपोर्टको काम पनि त्यतै तिरको रेस्टुरेन्ट र क्यान्टीनमा भाँडा मझाईमै टुंगिन्छ ।

आर्काको देसमा गएर जुठो भाँडा वर्तन धोएर धन कमाएको यथार्थ देख्दा देख्दै पनि नेपालबाट विभिन्न राजनीतिक पार्टीको नेताहरुलाई युरोप अमेरिका बोलाएर भाषण गर्न लगाउने र प्रबासी नेपालीहरुको हक हितको लागी भनेर खोलिएको संस्थाको रकमबाट सपिंग अर्थात किनमेलको नाउँमा दाम खर्चिन समेत पछी पर्दैनन ।

बिदेसमा नेपालीहरुको हक हितको लागी भनेर खोलिने संघ तथा संस्था एउटा मात्र हुनु पर्नेमा राजनीतिक पार्टी पिच्छेको संस्था खोलेका छन । राजनीति गर्नु नै छ भने स्वदेशमा नगरेर बिदेसमा जुठो भाडा माझ्दै पार्टी तथा नेताहरुको भजन देखि जयजकार गर्दै राजनीति गर्नुको के नै अर्थ भो र ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*