माओवादी र एमालेबीच भागबन्डा सकियो, माओवादीलाई ४५ प्रतिशत : चुनाव चिन्ह सूर्य रहने

२०७५, २ जेष्ठ बुधबार २१:२८

काठमाडौँ । लामो रस्साकस्सीपछि एमाले र माओवादीबीच भोलि पार्टी एकता हुने भएको छ । भोलि मदन भण्डारीको स्मृति दिवश मनाएर साँझ पार्टी एकताको घोषणा हुने भएको हो । माओवादीले एकीकृत पार्टीको केन्द्रीय समितिमा ४५ प्रतिशत भाग पाउने भएको छ भने चुनाव चिन्ह भने सूर्य रहने समझदारी बनेको छ ।

आज एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको छलफलपछि भोलि पार्टी एकता गर्ने सहमति बनेको हो ।

गत असोज १७ गते चुनावी गठबन्धनमा सामेल यी दुई वाम दलले स्थायित्व, शान्ति, स्थिरता, समानता र समृद्धिका लागि एकीकृत हुने घोषणा गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...