राक्सिराङमा एक राउण्ड हवाई फायर, २ युवक पक्राउ

२०७५, २ जेष्ठ बुधबार १७:५३

मकवानपुर, २ जेठ । मकवानपुरको राक्सिराङ गाउँपालिका–४ भिमटार बस्ने २७ बर्षीय सुदीप कोइराला र सोही ठाउँ बस्ने ३२ बर्षीय रामकृष्ण भोलनलाई लागूऔषध गाँजासहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

कोईरालाले लागुऔँषध बिक्री वितरण गर्ने सूचना प्राप्त भएको आधारमा बुधबार बिहान करिब ५ बजे प्रहरीचौकी बसामडीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको घरगोठमा खानतलासी गर्दा गोठको माथिल्लो चोटाबाट बोराभित्र राखेको १५० के.जी.गाँजा फेला परेको बताइएको छ । उनी अहिले हिरासतमा छन् ।

त्यस्तै ब्लोनको समेत घर खानतलासी गर्दा लागूऔषध गाँजा १६ के.जी ८०० ग्राम बरामद गरेको प्रहरीले जानकारी दिएको छ । उनलाई नियन्त्रणमा लिने क्रममा केही अज्ञात मानिसहरुले बाधा अबरोध गरेको भन्दै प्रहरीले १ राउण्ड हवाई फायर समेत गरेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...