हेटौँडा कप टी–२० क्रिकेटको उपाधिमा हेटौँडा क्रिकेट क्लबको पोल्टामा

२०७५, १ जेष्ठ मंगलवार १९:५४

हेटौँडा, १ जेठ । जिल्ला क्रिकेट संघको आयोजना र मकवानपुर जिल्ला खेलकुद विकास समितिको समन्वयमा मकवानपुरको हेटौँडामा आयोजना गरिएको हेटौँडा कप टी –२० क्रिकेट प्रतियोगिताको उपाधि हेटाँैडा क्रिकेट क्लबले जितेको छ । आज हेटौँडाको हुप्रचौरमा भएको फाईनल खेलमा हेटौँडा क्रिकेट एकेडेमीलाई १३ रनले पछि पार्दै हेटौँडा क्रिकेट क्लबले उपाधि जितेको हो ।

क्रिकेट क्लबले दिएको १२३ रन पच्छ्याएको एकेडेमी १८.४ ओभरमा अल आउट हुँदै केबल १०० रनमात्र बनाएपछि हेटौँडा क्रिकेट क्लबले उपाधी जितेको हो । विजेता टोलीले नगद ३५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेताले नगद रु २५ हजार प्राप्त गरेको छ । प्रतियोगिताको म्यान अफ दि सिरिज क्रिकेट क्लवका हासिम अन्सारी भएका छन् । उनले नगद ८ हजार सहित प्रमाणपत्र पाएका छन् ।

प्रतियोगितामा ९ विकेट लिँदै ९५ रन बााएका अन्सारी म्यान अफ द सिरिज भएका हुन् । १५ विकेट लिन सफल मकवानपुर क्रिकेट एकेडेमीका अभिशेक झा उत्कृष्ट बलर वनेका छन भने १०८ रन बनाउन सफल एकेडेमिकै संसशेख उत्कृष्ट ब्याट्स्म्यान वनेका छन । उनीहरुले जनही नगद ५ हजार प्रप्त गरेका छन् ।

प्रतियोगितामा विजयी टिम तथा खेलाडीलाई हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, प्रमुख राजन दाहाल खुशराज, उपाध्यक्ष दिपेन्द्र ढकाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*