प्रदेश ३ मा आर्थिक वर्ष २०७५–०७६ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत, बिहीबारबाट छलफल हुने

२०७५, १ जेष्ठ मंगलवार १९:४१

हेटौँडा, १ जेठ । प्रदेश नम्बर ३ को बर्षे अधिवेशन मंगलबारबाट सुरु भएको छ । वर्षे अधिवेशनको पहिलो बैठकमा ३ नम्बर प्रदेशको आगामी आर्थिक वर्ष ०७५–०७६ को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ ।

बैठकमा प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले कर प्रस्ताव बाहेक विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश गरेका हुन् । प्रदेश ३ को आगामी बजेटमा भौतिक पूर्वाधार, कृषि, पर्यटन र जलविद्युतलाई प्राथमिकतामा राखेको ढुंगेलले बताएका छन् ।

प्रस्तुत बजेट सिद्धान्त र प्राथमिकतामाथि जेठ ३ गतेदेखि प्रदेशसभा बैठकमा छलफल शुरु हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन् । बैठकमा सभामुख श्रेष्ठले प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधनबारे सभालाई जानकारी दिएका थिए । बैठकमा प्रदेश प्रमुख कार्यालयबाट आएको अधिवेशन आह्वानको पत्र पढेर सुनाईएको थियो भने सहिदप्रति श्रद्धाञ्जली स्वरुप मौन धारण गरिएको थियो ।

बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाईएको थियो । प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभा बैठकबाट पारित केही सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी विधेयक, स्थानीय तहका पदाधिकारीहरुको सेवा सुविधा सम्बन्धी विधेयक र गाउँरनगर सभा संचालनसम्बन्धी विधेयक प्रमाणिकरण गरेकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...