बलात्कार गरी फरार रहेका मकवानपुरका एक पुरुष ३४ वर्षपछि जेल चलान

२०७५, १ जेष्ठ मंगलवार १९:१९

हेटौँडा, १ जेठ । ३४ वर्षअघि जबरजस्ती करणी मुद्धामा दोषी ठहर भई फरार रहेका मकवानपुरका एक पुरुषलाई जेल चलान गरिएको छ । वि.सं. २०४२ जेठ ९ गते मकवानपुर जिल्ला अदालतले दोषी ठहर गरी फरार रहेका तात्कालिन गढि गाविस वडा नम्बर ८ फिर्केपाखा बस्ने रामशरण थापालाई जेल चलान गरिएको हो ।

थापालाई जबरजस्ती करणी मुद्धामा ७ बर्ष कैद सजाय तोकिएको थियो । निरन्तर खोजतलास गर्ने क्रममा प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरी टोलीले गत बैशाख ३१ गते उनलाई पक्राउ गरि अदालतमा पेश गरेको थियो । अदालतको फैसला अनुसार उनलाई सजाय भुक्तानका लागि कारागार कार्यालय भिमफेदी पठाइएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...