रेडियो आकासगंगाको लोगो सहितको झण्डा सगरमाथाको चुचुरोमा

२०७५, ३१ बैशाख सोमबार २२:५१

मकवानपुर ३१ बैसाख । यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण अभियान अन्तर्गत आठ जना नेपालीहरुको समूह आइतबार दिउँसो चुचुरोमा पुगेको छ । चुचुरोमा पुगेका नेपालीहरुको साथमा मकवानपुरबाट संचालनमा आईरहेको रेहियो आकासगंगाको लोगो सहितको झण्डा समेत भएको तस्विरहरु अहिले सामाजिक संजाहरुमा देखिन थालेका छन् ।

नेपालतर्फको मोहोडाबाट सगरमाथाको चुचुरोमा पुग्न सफल भएको यो टोलि मध्येका एक पेम्बाछिरी सेर्पाले रेडियोको झण्डा लगेको स्रोतको जानकारी छ ।

टोली आईतवार दिउँसो ३ बजे चुचुरोमा पुगेको सम्पर्क अधिकृत श्रेष्ठले आधार शिविरबाट जानकारी दिएका छन् ।

उनका अनुसार, चुचुरोमा पुग्नेमा पासाङ्ग तेन्जिङ्ग शेर्पा, पासदावा शेर्पा, लाक्पा तेन्डी शेर्पा, जेनजेन लामा, सिद्धिबहादुर तामाङ्ग, पेम्बाछिरी शेर्पा, तेन्जिङ्ग ग्याल्जेन शेर्पा र दातुक भोटे छन्।यस वर्ष सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट ३८ वटा आरोहण दलका ३ सय ६४ सदस्य सगरमाथातर्फ गएका छन्। यी मध्ये ४ आरोहण दलमा २० जना नेपाली पनि रहेको श्रेष्ठले बताए।

गत वर्षको वसन्तकालीन सिजनमा स्वदेशी र विदेशी गरी ४ सय ४८ आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए। चैतदेखि सुरु भई जेठमा सकिने आरोहण सिजनमा १ सय ८९ विदेशी र २ सय ५९ नेपाली गरी ४ सय ४८ आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...