हेटौँडामा पहिलो पटक ३ महिने प्रोफेशनल एकाउन्टिङ तालिम सुरु

२०७५, ३१ बैशाख सोमबार २२:१३

हेटौँडा, ३१ बैशाख । मकवानपुरको हेटौँडामा पहिलो पटक प्रोफेशनल एकाउन्टिङ तालिम सुरु भएको छ । कलेज अफ इन्फरमेशन टेक्नोलोजी (सिआईटी) र नेम इन्स्टिच्युटको आयोजनमा सोमबारदेखि तीन महिने तालिम सुरु भएको हो ।

दक्ष र कुशल एकाउन्टेन्ट उत्पादन गर्ने उदेश्यले सुरु भएको तालिममा ३० जना प्रशिक्षार्थी सहभागि रहेको सिआईटीका प्रबन्ध निर्देशक दिनेश रिजालले बताए । तालिममा अडिटर, आन्तरिक राजश्व कार्यालय हेटौंडाका कर्मचारी, २० वर्षदेखि उद्योगमा काम गरिरहेका एकाउन्टेन्ट र सिआईटीका प्रबन्ध निर्देशक तथा मुख्य प्रशिक्षक रिजालले सहजिकरण गर्ने बताइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...