‘प्रधानमन्त्री होईन तिर्थयात्री भएर नेपाल आएको छु’–नरेन्द्र मोदी

२०७५, २८ बैशाख शुक्रबार १४:१०

जनकपुर, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफु प्रधानमन्त्रीका रुपमा नेपाल नआएको बताएका छन् । उनले आफु प्रधानमन्त्र भन्दा पनि प्रधान तीर्थयात्रीका रुपमा नेपाल भ्रमणमा निस्किएको बताएका हुन् । जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले रामजानकी मन्दिरको दर्शनले आफ्नो मनोकामना पुरा भएको समेत बताए ।

उनले नेपाल र भारत त्रेतायुगदेखि बन्धनमा बाँधिएको भन्दै राम सीताको बन्धनले रामेश्वरमा बस्नेलाई तानेर पशुपतिमा ल्याउने र लुम्बिनीमा बस्नेलाई बोधगयामा लैजाने बताए । साथै सोही आस्थाले आफुलाई जनकपुर खिचेर ल्याएको उनले बताए । भारत र नेपालको मित्रता आजको नभइ त्रेता युगाको भएको भन्दै मोदीले राजा जनक र दशरथका माध्यमबाट यो डोरी बाँधिएको बताए । उनले पहिलो पटक प्रधानमन्त्रीको रुपमा नेपाल आएको बेला संविधानसभामा चाँडै नै जनकपुर आउने प्रतिवद्धता व्यक्त गरेको र ढिला गरिमात्र आएकोमा क्षमा समेत माग्न भ्याएका छन् ।

महाभारतकालमा विराटनगरको रामयण कालमा जनकपुरमा तथा वुद्ध कालमा सिम्रनगढ र लुम्बिनीको विशेष सम्बन्ध रहेको भन्दै मोदीले नेपाल भारतको सम्बन्ध कुनै परिभाषाबाट व्यक्त गर्न नसकिने बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...