बिर्तामोड र विराटनगरमा शैक्षिक मेला सुरु

२०७५, २७ बैशाख बिहीबार १८:१६

झापा, २७ बैशाख । बिहीबारदेखि झापाको बिर्तामोडमा पहिलो पटक शैक्षिक मेला सुरु भएको छ ।

नेपाल शैक्षिक परामर्श संघको आयोजनामा सुरु भएको शैक्षिक मेलाबाट विद्यार्थीले वैदेशिक अध्ययनका विविध विषयमा जानकारी लिनसक्ने छन् ।

एकै छानामुनि कक्षा–१२ को परीक्षा दिएका तथा स्नातक गर्न विदेश जाने सोच बनाएका विद्यार्थीलाई विश्वका उत्कृष्ट शैक्षिक प्रणाली भएका देश र विश्वविद्यालयका बारेमा विस्तृत् जानकारी दिनका लागि शैक्षिक मेलाको आयोजना गरिएको आयोजकको भनाइ छ ।

वैशाख २७, २८ र २९ गते सम्म बिर्तामोडका साथै ३० र ३१ गते मोरङको विराटनगरमा आयोजना हुने जनाइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...