पत्रकार महासंघ प्रदेश ३ अध्यक्षमा विष्ट विजयी (अन्तिम नतिजा सहित)

२०७५, २२ बैशाख शनिबार १७:३२

हेटौँडा, २२ बैशाख । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ को अध्यक्षमा प्रताप विष्ट विजयी भएका छन् । आधिकारीक घोषणा नभए पनि अन्तिम मत परिणाम अनुसार उनी ४९१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटम पतिद्वन्दी गिरिजा प्रसाद अधिकारीले ३११ मत प्राप्त गरेका छन् । आधिकारिक घोषणा हुन बाँकी रहेकोले यो मतमा एक–दुई मत मात्र फेरबदल हुन सक्ने बताइएको छ ।

३ ठूला संगठन प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरका साझा उम्मेदवारी दिएका विष्टले गृह जिल्लामा भने नराम्रो हार व्यहोरेका छन् । अन्तिम मतपरिणाम अनुसार मकवानपुरबाट अध्यक्षका उम्मेदवार गिरिजा प्रसाद अधिकारीले विष्टलाई पराजित गरेका छन् । उनले विष्टलाई ७ मतले पछाडि पारेका छन् ।अधिकारीले ५५ मत र विष्टले ४८ मत प्राप्त गरेका छन् । कुल ११८ मतदाता रहेको मकवानपुरमा १०४ मत खसेको थियो जसमध्ये १ मत बदर भएको छ ।

त्यस्तै चितवनमा भने विष्ट अगाडि भएका छन् । उनले १०२ मत प्राप्त गरेका छन् भने अधिकारीले ५२ मत प्राप्त गरेका छन् । दोलखा जिल्लामा पनि विष्ट नै अगाडि भएका छन् । उनले ४५ मत र उनका प्रतिद्वन्दी अधिकारीले १९ मत प्राप्त गरेका छन् । रसुवा जिल्लामा अधिकारीले २ मत र विष्टले १८ मत प्राप्त गरेका छन् ।

काभ्रे जिल्लामा विष्टले ८९ र अधिकारीले ४२ मत प्राप्त गरेका छन् भने धादिङमा विष्टले ७६ र अधिकारीले ३६ मत प्राप्त गरेका छन् । त्यस्तै सिन्धुपाल्चोकमा अधिकारीले ४४ मत र विष्टले ३६ मत प्राप्त गरेका छन् भने नुवाकोटमा अधिकारीले ३३ र विष्टले २९ मत प्राप्त गरेका छन् । यो नतिजा अनुसार विष्ट अगाडि छन् ।

त्यस्तै रामेछापमा विष्टले ३० र अधिकारीले ९ मत प्राप्त गरेका छन् भने सिन्धुलीमा विष्टले १८ र अधिकारीले २२ मत प्राप्त गरेका छन् । अन्तिम नतिजा अनुसार स्वतन्त्र उम्मेदवारी दिएका अधिकारीले गृहजिल्ला मकवानपुरसहित सिन्धुपाल्चोक, सिन्धुली र नुवाकोटमा जीत हात पारेका छन् बाँकी जिल्लामा विष्टले जीत हात पारेका छन् ।

निर्वाचनमा कुल १२८४ मतदाता रहेका थिए । कुल १ हजार २ सय ८४ मतदाता मध्ये १ हजार ४ पुरुष र २ सय ८० महिला पत्रकार रहेको थियो । निर्वाचनमा सबैभन्दा बढी मतदाता चितवनमा २४० जना रहेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...