शाक्ति देखाउन कर्णालीमा हामफालेका एक झाँक्रीको मृत्यू, एक घाईते

२०७५, १६ बैशाख आईतवार १३:१०
File Photo

काठमाडौँ, १६ बैशाख । कसको शक्ति कति भन्दै बगरमा बसेर काम्दै कर्णाली नदीमा हामफालेका दुई झाँक्रीमध्ये एक जनाको ज्यान गएको छ । बाजुराको जगन्नाथमा शक्ति देखाउने भन्दै दुई झाँक्री कर्णालीमा हामफालेका थिए ।

नदीमा हामफाल्दा ६१ वर्षीय मानबहादुर सिंह विष्टको ज्यान गएको प्रहरीले जनाएको छ । उनीसँगै हामफालेका ५३ वर्षाीय जयबहादुर विष्ट भने बेपत्ता भएका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र बेपत्ता भएका जयबहादुरको खोजी भइरहेको प्रहरीले बताएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...