पत्रकार महासंघ ३ नम्वर प्रदेश अध्यक्षमा पत्रकार गिरिजा अधिकारीले गरे स्वतन्त्र उम्मेदवारी दर्ता

२०७५, ७ बैशाख शुक्रबार १४:०५
मन्तव्य राख्दै पत्रकार गिरिजा अधिकारी

मकवानपुर ७ बैसाख । नेपाल पत्रकार महासंघ ३ नम्वर प्रदेशको आसन्न २२ गते हुने निर्वाचनको लागि पत्रकार गिरिजा अधिकारीले अध्यक्ष पदको लागि स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गरेका छन् ।

हालसम्म ४ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत नवराज शर्माले जानकारी दिए । विभिन्न पदमा हालसम्म ४ जनाले उम्मेदवारी दिएका छन् जसमध्ये अध्यक्ष पदको लागि गिरिजा अधिकारी पहिलो उम्मेदवार हुन् ,

उनले आफ्नो उम्मेदवारी सम्पुर्ण श्रमजिवि पत्रकारहरुको लागि रहेको बताए । लामो समयदेखि पुरानै व्यक्तीले पटक पटक अवसर पाउने र नयाँ पुस्तालाई केहि मतलव नगरीने परिपाटीको विरुद्धमा आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ ।

प्रेश चौतारी ,प्रेस यूनियन र प्रेस सेन्टरले संयुक्त रुपमा अध्यक्ष पदको लागि प्रताप विष्टलाई समर्थन गरेको छ । विष्टले पनि केहि समयमै उम्मेदवारी दर्ता गर्ने तु खबरलाई प्रतिकृया दिएका छन् ।

त्यसैगरी महासचिवमा प्रेस सेन्टरका मकवानपुर उपाध्यक्ष समेत रहेका कृष्ण सारु मगरले पनि उम्मेदवारी दिन केहि समयमानै जाने प्रतिक्रिया दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...