अबैध मालसामान छोडेर व्यापारी फरार, प्रहरीको हातमा तस्करीको सामान

२०७५, ३ बैशाख सोमबार १९:४६

–अनिल प्रित
बारा, ०३ बैशाख ।
ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरीले आईतबार दिउँसो अबैध मालसमान नियन्त्रणमा लिएको छ । कोल्हवी बजारतिर ल्याउदै गरेको अवैध मालसमानहरु प्रहरीलाई देखेपछि छाडेर तस्करहरु भागेका थिए । कोल्हवी नगरपालिका–९ मा पर्ने श्रीपुरबाट उक्त समानहरु नियन्त्रणमा लिएको लिएको थियो ।

ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी नायब निरिक्षक रामप्रसाद साहले आज सोमबार पत्रकार सम्मेलन गरि बरामद गरेका समानहरु सार्वजनिक गरेका छन् । प्रहरीले १. ना.४५ प ८२०४ को प्लाटिना मोटरसाईकल, २ बोरा चिनी १०० केजी, १०० वाटको चिम १ कार्टुन, स्टिलको बाल्टिन १८ थान, पितलको टोकना २ थान, प्रेसर कुकर २ थान, स्टिलको गोलो लोटा ५० थान, स्टिलको लामो लोटा ३० थान, मुला तास्ने १० थान र फ्रुटी ३ कार्टुन बरामद गरेको हो ।

बरामद भएका सामानहरुको बजार मुल्य करिब १,४८,५०० बराबरको रहेको प्रहरीले बताएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...