अब महिलालाई फिस्टुला र क्यान्सर परीक्षण नि:शुल्क

२०७५, ३ बैशाख सोमबार १९:१०

काठमाडौँ, ०३ बैशाख । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले महिलाहरुलाई फिस्टुला र क्यान्सरको परीक्षण पनि निःशुल्क गर्ने घोषणा गरेकी छिन् । सुरक्षित मातृत्व दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री अर्यालले महिलाहरुलाई फिस्टुला र क्यान्सरको परीक्षण पनि निःशुल्क गर्ने घोषणा गरेकी हुन् ।

यो कार्यक्रम वैशाखदेखि असारसम्मभित्र लागू गरिने स्वास्थ्य राज्यमन्त्री अर्यालले बताईन् । यसअघि नै गत वर्षदेखि सरकारले पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण निशुल्क गरेको थियो । सरकारले सबै स्थानीय तहमा सुरक्षित मातृत्व कोष खडा गर्ने पनि घोषणा गरेको छ ।

दिवसको अवसरमा स्वास्थ्य सेवा विभागको परिवार स्वास्थ्य महाशाखाले त्रिवि शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा राज्य मन्त्री अर्यालले ‘एक पालिका एक सुरक्षित मातृत्व कोष अभियान देशव्यापी बनाइने र यो कोष आकस्मिक प्रसुति सेवामा उपयोग र प्रयोग गरिने बताईन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...