लिभिङ टुगेदरमा रहेका प्रेमीबाटै प्रेमिकाको हत्या

२०७५, ३ बैशाख सोमबार १८:५७

काठमाडौँ, ०३ बैशाख । पछिल्लो समय लिभिङ टुगेदरमा बस्न रुचाउने तन्नेरीहरुलाई झट्का दिने गरि एक घटनाको उजागर भएको छ । सामाजिक तथा विभिन्न अवस्थाबाट समेत असुरक्षित जस्तै देखिएको लिभिङ टुगेदर सम्बन्धकै कारण एक महिलाले ज्यान गुमाएकी छिन् । टोखा–७, धापासी हाइट जाने बाटोमा मृत भेटिएकी महिलाको आफ्नै ‘प्रेमी े हत्या गरेको खुलेको हो ।

प्रेमी पर्साको ठोरी गाउँपालिका ४ घर भइ हाल धापासी बस्दै आएका ३० वर्षीय विजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति साढे ८ बजेतिर धापासी हाइटको करिडोर सडकमा महिला रगताम्मे अवस्थामा भएको खबर पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतक गोरखा घर बताउने करिब ३२–३३ वर्षकी पूर्णिमा विक भएको खुलेको छ ।

उनी मिस्त्री काम गर्थिन् । श्रीमानले छाडेपछि पछिल्लो समय उनीसँगै काम गर्ने तामाङसँग नजिकिएकी थिइन् । मिस्त्री काम दुबै जना उनी सात महिनादेखि धापासी हाइटमा सँगै बस्दै आएको खुलेको छ । तर, बेलाबेला कोठामा नजाने गरेका कारण पछिल्लो समय पूर्णिमाप्रति शंका लागेको विजयले बयान दिएका छन् । आइतबार पनि कोठामा जान आग्रह गरेको तर, नमानेपछि आफूले ढुंगाले हानेको उनले प्रहरी समक्ष स्वीकार गरेका छन् ।

पुर्णिमालाई ढुंगाले हानेर हिँडेका उनी कोठामा पुगेर खाना पकाएर खाएका थिए । सोमबार विहान प्रहरीले पक्राउ गरेपछि मात्र उनले पुर्णिमाको मृत्यु भएको थाहा पाएको बताएका छन्। उनको कोठामा रगत लागेको पाइन्ट भेटिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...