
हेटौंडामा सिटी बस चलाउने मेयर महतको घोषणा विवादमा —— ‘ के हो यस्तो मेयरको चाला, कता सुक्यो जनताको माला’


मकवानपुर । केही दिनअघि हेटौंडा उपमहानगरपालिकाको पत्रकार सम्मेलनमा मेयर हरिबोल महतले हेटौंडावासीलाई सहजताका लागि सिटी बस चलाउन लागेको घोषणा गरे । मेयर बहतको यो घोषणा अहिले विवादमा आएको छ ।
महत्वपूर्ण विषयमा नगरकार्यपालिकाको बैठकमा छलफलनै नगरी सिटी बस चलाउने घोषणा भएपछि त्यसविरुद्ध उनी आवद्ध राजनीतिक पार्टीबाट वडा अध्यक्ष निर्वाचित ४ नम्बर वडाका अध्यक्ष नविन सिग्देलले समाजिक संजाल फेसबुकमार्फत् बिना सल्लाह र निर्णय यस्ता घोषणा गरिएको प्रस्ट पारेका छन् ।
दैनिक रुपमा उपमहानगरपालिका चलाउने कुरामा निर्णय गर्न आवश्यक नभएपनि आम सरोकारको विषयमा निर्णय आवश्यक पर्ने औल्याउँदै वडा अध्यक्ष सिग्देलले सबै वडा अध्यक्ष यसबारेमा बेखबर रहेको समेत बताएका छन् ।
सिग्देले आफ्नै राजनीतिक दलमार्फत् मेयर विजयी भएका महतका विषयमा समाजिक संजालमा स्टाटस लेखेपछि त्यसबारे सकारात्मक र नकारात्मक दुबै किसिमका प्रतिक्रियाहरु आएका छन् ।
सिग्देलले लेखेको टिप्पणीमाथि प्रतिक्रिया दिँदै मकवानपुरका साहित्यकार तुलसी घिमिरेले के हो यस्तो मेयरको चाला, कता सुक्यो जनताको माला भनेर लेखेका छन् । समाजिक संजालमै महेश श्रेष्ठले मेयरले गरेको घोषणा सही भएको लेखेका छन् । हुन सक्ला छलफल गरिएन होला, तर यो राम्रो काम हो, सोसियल मिडियामा लेखिँदा राम्रो सन्देश नजाने प्रतिक्रिया श्रेष्ठको छ । श्रेष्ठले सिग्देललाई यस्ता कुरा कार्यालयभित्रै गर्न सुझाव पनि दिएका छन् ।
एमाले नेता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधब तिमल्सिनाले एक वर्ष बित्दै यस्तो अन्तरविरोध देखिनु राम्रो नभएको प्रतिक्रिया लेखेका छन् । जसले जे भनेपनि विधिमा चल्नुपर्ने धारणा तिमल्सिनाले सार्वजनिक गरेका छन् । यस्तो विषयमा एमाले पार्टी मौन बसेकोमा आफू अलमलमा परेको तिमल्सिनाले लेखेका छन् ।
सम्बन्धित समाचारहरु
ताजा अपडेट
आगलागी पीडितलाई पूर्व गृहराज्यमन्त्री बानियाँद्वारा नगद सहयोग
हेटौँडामा सबै वडाका महिला स्वास्थ्य स्वयमसेविकालाई आँखा स्वास्थ्य तालिम
प्रदेश नम्बर ३ मा बजेट प्रस्तुत, जनताको लागि केही नल्याएको भन्दै प्रदेशसभा सदस्यबाटै विरोध
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा (भिडियो सहित)
बालिका बलात्कार मुद्दाका दोषी आशारामलाई आजीवन जेल सजाय
व्यवसायीको धम्कीले सरकार डराउँदैन, सिन्डिकेट तोडिन्छ : मन्त्री यादव
त्रिभुवन विमानस्थलबाट १४ किलो सुनकाण्डका मुख्य अभियुक्त पक्राउ
एकल महिलालाई भूकम्प प्रतिरोधी घर हस्तान्तरण
प्रतिव्यक्ति आयमा सुधार नेपालीको वार्षिक आम्दानी १ हजार ४ डलर
दिल्ली डेयर डेभिल्सका कप्तान गम्भीरले दिए राजिनामा


