हुप्रचौरको थिड्री रेष्टुरेन्टबाट महिला र पुरुष गरि ११ जना पक्राउ

२०७४, ३० चैत्र शुक्रबार १९:२८
File Photo

मकवानपुर, ३० चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्रचौरस्थित थिड्री रेष्टुरेन्टबाट बिहीबार दिउँसो ११ जना पक्राउ परेका छन् ।

दिउँसो करिब साढे ४ बजेको समयमा प्रहरीले अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । अवाञ्छित गतिविधि भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ७ जना पुरुष र ३ जना युवतीहरु र रेष्टुरेण्ट संचालिकालाई पक्राउ गरेको हो ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ की होटल संचालिका ४६ वर्षीया देवी राना समेत गरी ११ जनालाई अहिले केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ बमोजिम ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...