भौतिक विज्ञान र भाैतिकवादमा स्टेफेन हकिङको योगदान

– गुणराज लोहनी
२०७४ चैत्र ३०,शुक्रबार १३:०३

बेलायतको सैद्धान्तिक भौतिक शास्त्री, ब्रह्माण्ड शास्त्री, लेखक र क्याम्ब्रिज विश्वविद्यालयको ब्रह्माण्ड विज्ञान सैद्धान्तिक केन्द्रको निर्देशक रहेका स्टेफेन हकिङको १४ मार्चका दिन मृत्य भएको उनको परिवार जानकारी दिएका छन् । उनको जन्म बेलायतको अक्सफोर्टमा ८ जनवरी १९४२ मा भएको थियो ।

दोस्रो विश्वयुद्धले विश्वलाई लपेटिरहेको बेलामा जन्मिएका हकिङ विसौं र एक्काइसौं शताब्दीका अब्बल दर्जा वैज्ञानिक थिए । उनी २२ वर्षको पुग्दै गर्दा अमियोट्रोफिक ल्याटेरल स्क्लेरोसिस भन्ने नशा सम्बन्धि मोटोर न्युरोन जस्तो कल्यिै निको नहुने पीडित थिए । यस रोगले गर्दा उनलाई पक्षघात लाग्यो । उनीलाई डक्टरहरुले केवल दुई वर्ष मात्र बाँच्ने समय तोकेको थियो । तर उनी ५४ वर्ष बढि बाँचेका थिए । एकजना कम्प्युटरविज्ञ वाल्टर वोल्टोजले उनका लागि भनेर आँखा र औंलाको सहयाताले चल्ने कम्प्युटर बनाइदिएका थिए । उनले मोटोराइज्ड ह्विल चेयरमा जडान गरिएको कम्प्युरका सहायताले ब्रह्माण्डको यात्रा गरेका थिए । हकिङ केवल वैज्ञानिक मात्र थिएनन् । उनी त भौतिकवादी पनि थिए । उनी ७५ बाँचे पनि उनका पछिल्ला असक्त ४४ वर्षमा अद्भूत खोज गरेर मानव जीवनलाई नयाँ विचार र समाधानहरु दिएका छन् । मानव खोजमा सबैभन्दा बढि रहस्यमय रहेको ब्रह्माणका बारेमा उनले धेरै नयाँ खोजहरु गरेका छन् । भौतिक विज्ञानमा मात्र नभएर भौतिकवादको खोजमा पनि उनको निकै ठूलो योगदान रहेको छ ।

स्टेफेन हकिङद्वारा लिखित र सन् १९८८मा पहिलो पटक प्रकाशित पुस्तक सयमयको संक्षिप्त इतिहासमा भौतिक शास्त्रका धेरै सिद्धान्तहरुका बारेमा उल्लेख गरिएको छ । त्यस मध्ये भौतिकशास्त्रको इतिहास, गुरुत्व, ब्रह्माण्डमा प्रकाश कसरी चल्छ, दिक–काल, प्रारम्भिक कण, कृष्ण विवर, महाविष्फोट र समयको यात्राका बारेमा यस कितावले बोलेको छ । यो कितावमा, हकिङले भौतिकशास्त्रका बारेमा बोलेका छन् । उनले दर्शनशास्त्रीहरु अरिस्टोटल र टोलेमीका विचारका बारेमा पनि बोलेका छन् । यो किताव ऐतिहासिक भौतिकवादमा आधारित छ । एकातिर यसमा भौतिकशास्त्रका खोजको चरणबद्ध र संगतीपूर्ण प्रस्तुति छ भनें अर्कोतिर तथ्यहरुलाई भौतिकवादमा आधारित संश्लेषण गरिएको छ । त्यसैले हकिङका खोज र अन्वेशणको गहिरो अध्ययन गर्न जरुरी छ ।

हकिङको खोज

१–दिक र काल(Time and Space)

हकिङले सूर्यको वरिपरि घुम्ने ग्रहहरुको चाल र गुरुत्वले कसरी काम गर्छ भन्ने व्याख्या दिक र कालमा गरेका छन् । यसका साथै उनले पूर्णतया स्थिर र पूर्णतया अवस्थितिको बारेमा पनि उल्लेख गरेका छन् । उनका अनुसार यो समयको अवधिमा भर पर्ने विचार भनेका छन् । यसका बारेमा न्युटनको गुरुत्वका नियमहरु सही छैनन् । बस्तु तीब्र गतिमा भएका बेलामा पूर्णतया स्थिर भन्ने विचारले काम गर्दैन भन्ने उनको भनाई छ ।

हकिङले प्रकाशका बारेमा पनि बोलेका छन् । घटनालाई प्रकाशको शंकु(cones)द्वारा व्याख्या गर्न सकिन्छ । प्रकाशको शंकुको माथिल्लो भागले घटनाको कताबाट प्रकाशले यात्रा गर्ने छ भन्ने कुरा बताउँछ । तल्लोतहले कताबाट प्रकाश आएको थियो भन्ने कुरा बताउँछ । प्रकाश शंकुको बीचको भाग घटना मानिन्छ । प्रकाश शंकु बाहेक, हकिङले प्रकाश कसरी बाङ्गिन सक्छ भन्ने पनि बोलेका छन् । जब प्रकाश ठूलो पिण्ड भएर जान्छ । प्रकाशले विस्तारै पिण्डतिर आफ्नो दिशा मोड्छ ।

हकिङले आइन्साटइनको सापेक्षताको सिद्धान्तको समयको बारेमा पनि बोलेका छन् । आइन्साटइनको सिद्धान्तको एउटा अनुमानमा समय कुनै ठूलो पिण्डको नजिकबाट जाँदैछ भन्ने जनाउँछ । हकिङले आफ्नो विचारलाई व्याख्या गर्न फरक ठाउँमा रहेका २ जना जुम्ल्याहलाई प्रयोग गरेका थिए । यदि ती २ जना मध्ये एकजनालाई पहाडमा बस्न पठाइयो र अर्कोलाई समुद्र नजिक बस्न पठाइयो भनें ती दुई जना जुम्ल्याह मध्ये पहाड पठाइएको समुद्रमा पठाइएको भन्दा अलि बढि बुढो हुन्थ्यो ।

२–ब्रह्माण्डको विस्तार (The Expanding Universe)

हकिङले ब्रह्माण्डको विस्तार भइरहेको बताएका छन् । यसको व्याख्या गर्न उनले डोप्लरको शिफ्टको सहायता लिएका छन् । डोप्लरको शिफ्टका अनुसार कुनै बस्तु नजिक वा टाढा जाँदा दुईटा कुरा हुन्छ । कुनै बस्तु टाढा जाँदा रातोमा परिणत(चभम कजषतष्लन) हुन्छ र नजिक आउँदा नीलोमा परिणत(दगिभ कजषतष्लन) हुन्छ । यो हामीतिर आएको प्रकाशको तरङ्ग लम्बाई बढ्दा र आवृत्ति घट्दा हुने गर्छ, जुन देखिने प्रकाश रातो÷इन्फ्रा रेड विद्युतचुम्बकीय वर्ण–पटमा गएर अन्त हुन्छ । रातो–शिफ्ट ब्रह्माण्डको विस्तार हुँदा प्रकाशको तरङ्ग लम्बाई बढ्दा जोडिन्छ भन्ने विश्वास गरिन्छ, ग्रहरुहरु र आकाश गंगाहरु हामीबाट टाढिँदा यदि धेरै जसो तन्कियो भनें, जुन डोप्लरको प्रभावसँग सुहाउँदो हुन्छ, ध्वनी तरङसँग सम्मिलित हुन्छ । नीलो शिफ्ट त्यस बेला हुन्छ जब कुनै बस्तु हामीतिर आउँछ, रातो शिफ्टको ठीक उल्टो हुन्छ । जहाँ तरङ्ग लम्बाई घट्छ र आवृत्ति बढ्छ । यस समयमा प्रकाश वर्ण–पटको नीलो शिफ्टमा अन्त हुन्छ । इड्विन हब्बल नामका एक जना वैज्ञानिकले राता ताराहरु हामीबाट टाढा गइराखेका छन् भन्ने पत्ता लगाएका थिए । हकिङले डोप्लरको शिफ्टले ब्रह्माण्ड ठूलो भैराखेको भन्ने याख्याको प्रयोग गरे । ब्रह्माण्डको शुरुआत महा विस्फोट भएको मानिन्छ ।

३– अनिश्चयको सिद्धान्त(The Uncertainty Principle)

अनिश्चयको सिद्धान्तले एउटा कणको एकैसाथ गति र अवस्था पत्ता लगाउन सकिदैन भन्दछ । कण कहाँ छ भनेर कणमा प्रकाश चम्किएसँगै थाहा हुन्छ । जब तीब्र गतिको आवृत्ति प्रकाशमा प्रयोग हुन्छ, प्रकाशले कणको अवस्था लगभग थाहा पाउँछ । तर कणको गतिका बारेमा अनविज्ञ भैदिन्छ । यदि कम आवृत्तिको प्रकाशलाई प्रयोग गरिन्छ भनें प्रकाशले कणको गति ठीकसँग पत्ता लगाउँदछ । तर कणको अवस्थाका बारेमा अनभिज्ञ रहन्छ । अनिश्चयको सिद्धान्तले निश्चिततालाई असत्य सावित ग¥यो । अथवा भविश्यमा केही चीजका बारेमा गरिएको अनुमानलाई असत्य सावित गरिदिएको हुन्थ्यो ।

यो पुस्तकमा प्रकाशले कस्तो व्यवहार गर्छ भन्ने पनि राखिएको छ । कुनै सिद्धान्तहरुले प्रकाशले कणहरु जस्तै काम गर्छन भनेको थियो । वास्तवमा तरङ्ग जस्तो गर्छ । एउटा सिद्धान्तले प्लंकको क्वान्टम कल्पना जस्तो भनेको छ । अर्को भिन्न सिद्धान्तले प्रकाश तरङ्गले कणहरु जस्तो गर्छ, यसलाई हैसेनवर्ग अनिश्चयको सिद्धान्त भनिन्छ ।

४–प्रारम्भिक कणहरु र वलहरुको प्रकृति(Elementary Particles and Forces of Nature)

क्वार्कहरु हामीले देख्ने प्रत्येक चीजको सबैभन्दा सानो भाग हुन् । क्वार्कहरु विभिन्न स्वाद भएका छ किसिमका हुन्छन् । यिनीहरु हुन् अप ब्वार्क, डाउन क्वार्क, स्ट्रेन्ज क्वार्क, चाम्र्ड क्वार्क, बटम क्वार्क र टप क्वार्क । क्र्वाक्वका रातो, हरिया र नीलो गरी ३ किसिमको रङ्गका हुन्छन् । एन्टी क्वार्क पनि हुन्छन् तिनीहरु नियमित क्वार्कका विपरित हुन्छन् । जम्माजम्मी १८ नियमित र १८ वटा विभिन्न एन्टी क्वार्क हरेका हुन्छन् । क्वार्कहरु “बस्तुको निर्माण ब्लकहरु”को रुपमा चिनिन्छ । किनभनें तिनीहरु ब्रह्मण्डमा भएका चीज निर्माणका सबैभन्दा साना बस्तु हुन् ।

सबै प्रारम्भिक कणहरु(उदाहरणका लागि क्वार्कहरु)को फन्कोspin) हुन्छ । यही फन्कोले एउटा कणलाई विभिन्न दिशामा कस्ता देखिन्छन् भन्ने देखाउँछ । उदाहरणका लागि एउटा ० फन्को सबै दिशाबाट एकैकिसिमको देखिन्छ । १ फन्को भएको एउटा कण जबसम्म ३६० डिग्रीमा पूर्णरुपले घुम्दैन तबसम्म विभिन्न दिशामा फरक देखिन्छ । हकिङको उदाहरणमा एउटा कणको फन्को एउटा बाँण हो । २ फन्को भएको कणलाई उस्तै देखिनका लागि आधा फन्को(१८० डिग्री) लगाउनु पर्ने हुन्छ । कितावमा डबल–हेडेड बाँण उदाहरण दिइएको छ । ब्रह्माण्डमा विभिन्न समूहका कणहरु छन् । १/२ फन्को भएका कणहरु, र ०, १ अथवा २ फन्को भएका कणहरु हुन् । यी सबै कणहरुले पाउलको एक्सक्लुजन सिद्धान्तलाई पछ्र्याउँछन् । पाउलको एक्सक्लुजन सिद्धान्तले कणहरु एकै ठाउँमा हुन सक्दैन वा उही गतिमा हुन सक्दैन भन्दछ । यदि पाउलको एक्सक्लुन सिद्धान्त अस्तित्वमा रहँदैन्थ्यो भनें ब्रह्माण्डका प्रत्येक बस्तु एकै रुपको लेदो झोल जस्तै देखिने थिए ।

०, १ र २ फन्को भएका कणहरु एकातिरबाट अर्कोतिर चल्छन् । ती कणका केही उदाहरणहरुमा प्रभावकारी गुरुत्वाणु(कणको गुरुत्व) र प्रभावकारी फोटोनहरु हुन् । प्रभावकारी गुरुत्वाणुको २ फन्को हुन्छ र तिनीहरुले गुरुत्व वलको प्रतिनिधित्व गर्दछन् । यसको मतलव जव गुरुत्वको दुईवटा असर हुन्छन्, गुरुत्वाणुहरु चल्छन् । प्रभावी फोटोनहरुको एउटा १ फन्को छ र यसले विद्युतचुम्वकीय वलको प्रतिनिधित्व गर्दछ(अथवा परमाणुलाई अड्याइ राख्दछ ।)

गुरुत्व र विद्युतचुम्वकीय वलहरु बाहेक, त्यहाँ कमजोर र वलिया आणविक वलहरु पनि हुन्छन् । कमजोर आणविक वलहरु रेडियोधर्मिताका कारण भएका वल हुन्, अथवा जव पदार्थले उर्जा उत्सर्जन हुन्छ तब हुने हो । कमजोर आणविक वलहरु एउटा १/२ फन्को भएका कणहरुमा काम गर्दछ । बलियो आणविक वलहरु ती वल हुन जसले क्वार्कहरुलाई न्युट्रोन र प्रोटोनमा सँगसँगै राख्छ, र प्रोटोन र न्यट्रोनहरुलाई परमाणुमा सँगसँगै राख्दछ । बलियो आणविक वल बोकिराख्ने कणलाई ग्लुअन भनिन्छ । १ फन्को भएको कण नै ग्लुअन हो । न्युट्रोन र प्रोटोनबाट क्वार्कलाई ग्लुअनले अड्याइ राख्छ । तैपनि, ३ वटा रंग भएका क्वार्कहरुलाई मात्र ग्लुअनले अड्याउँछ । यसले रंग नभएको उत्पादन बन्द हुन पुग्छ । यसलाई एकान्तवास(confinement) भनिन्छ ।

केही वैज्ञानिकहरुले विद्युतचुम्वकीय वल, कमजोर आणविक वल र बलियो आणविक वललाई समायोजन गर्ने सिद्धान्त बनाउने कोशिस गरेका थिए । यसलाई बृहत् एकीकृत सिद्धान्त(grand unified theory-GUT) भनिन्छ । यो सिद्धान्तले यी वलहरुलाई एउटा ठूलो एकीकृत बाटो वा सिद्धान्तमा व्याख्या गर्ने कोशिस गर्दछ ।

५–कृष्ण विवर(Black Holes)

ताराहरु एउटा सानो बिन्दूमा गएर लोप हुनेलाई कृष्ण विवर हुन् । त्यसको सानो बिन्दूलाई एउटा सिङ्गुलारिटी भनिन्छ । सिङ्गुलारिटी एउटा यस्तो दिक–कालको बिन्दू हो जुन उच्च वेगमा घुम्छ । त्यसकारणले कृष्ण विवरहरुको समय हुँदैन । कृष्ण विवरहरुले बस्तुहरुलाई उनीहरुको केन्द्रतिर सोस्छन् । किन भने कृष्ण विवरको गुरुत्व धेरै बलियो हुन्छ । त्यसले प्रकाश र तारा जस्ता चीजहरुलाई पनि सोस्न सक्छ । केवल धेरै ठूला ताराहरु जसलाई सुपर जियन्टस भनिन्छ, कृष्ण विवर हुनका लागि हुनुपर्छ । सूर्य भन्दा डेढ गुना ठूलो पिण्ड भएका ताराहरु मात्र कृष्ण विवर बन्न सक्छन् । यो संख्यालाई चन्द्रशेखर सीमित(Chandrasekhar limit) भनिन्छ । चन्द्रशेखर सीमितभन्दा कम पिण्ड भएका तारा, कृष्ण विवरमा परिणत हुने छैन, सट्टामा, यो एउटा फरक परिणत, एक किसिमको सानो तारा बन्ने छ । कृष्ण विवर बन्ने सीमानालाई इभेन्ट होराइजन भनिन्छ । यदि कुनै चीज इभेन्ट होराइजनमा रहेका छन् भनें, तिनीहरु कहिल्यै पनि कृष्ण विवरबाट बाहिर निस्कदैनन् ।

कृष्ण विवरलाई विभिन्न आकारहरु हुन्छन् । केही कृष्ण विवरहरु पूर्ण गोलाकार–बल(भकुण्डो) जस्ता छन् । अरु बीचमा उज्यालो छन् । परिक्रम नगर्ने कृष्ण विवरहरु गोलाकार हुनेछन् । कृष्ण विवरहरुले परिक्रम गर्दा मध्यभागमा चम्किन्छन् ।

कृष्ण विवरहरुलाई पत्ता लगाउन अप्ठ्यारो छ किन भनें तिनीहरुले बाहिर प्रकाश फाल्दैनन् । जब तिनीहरुले अरु ताराहरु सोस्छन् त्यस बेलामा मात्र तिनीहरुलाई पत्ता लगाउन सकिन्छ । जब कृष्ण विवरहरुले अरु ताराहरुलाई सोस्छन्, तब कृष्ण विवरले एक्स–रे बाहिर फाल्छ । त्यसलाई टेलिस्कोपद्वारा मात्र देख्न सकिन्छ । हकिङले उनको यो विचार अर्का वैज्ञानिक किप थोर्नसँग भन्छन् । हकिङले कृष्ण विवरहरु जीवित थिएनन् भनें । उनले कृष्ण विवर माथिको आफ्नो काम बेकारमा नजाओस् भन्ने शर्त चाहेका थिए ।

हकिङले कृष्ण विवरका इभेन्ट होराइजनले केवल ठूलो बनाउनेछ, सानो होइन भन्ने कुरालाई महसूस गरेका थिए । जब कुनै चीज कृष्ण विवर माथि खस्छ, तब कृष्ण विवरको इभेन्ट होराइजनको क्षेत्र ठूलो भैराख्छ । उनले जब दुईवटा कृष्ण विवरहरु जोडिन्छन्, ती दुईवटा कृष्ण विवर वा तिनीहरुको आकारको भन्दा ठूलो आकारमा तिनीहरुको इभेन्ट होराइजन हुन्छ भन्ने पनि महसूस गरेका थिए । यसको मतलव कृष्ण विवरका इभेन्ट होराइजनहरु कहिल्यै पनि सानो हुदैनन् ।

बिक्रम(क्रम बिग्रिएको), जसलाई उत्क्रम–माप पनि भनिन्छ, कृष्ण विवरसँग सम्बन्धित छन् । उत्क्रमसँग विज्ञानका नियमहरुले काम गर्नुपर्दछ । यो नियमलाई थर्मोडाइनामिक्सको दोस्रो नियम भनिन्छ, र यसले भन्छ कि उत्क्रम एउटा एकान्तबास प्रणाली(उदाहरणका लागि ब्रह्माण्ड)मा बढ्ने छ । कृष्ण विवरको इभेन्ट होराइजनको आकार र त्यसको उत्क्रमको मात्राको बीचको सम्बन्धका बारेमा एक जना विद्यार्थी ज्याकोब बेकेन्स्टेनले पहिलो पटक सोचेका थिए । हकिङको कृष्ण विवरले बिकिरण उत्सर्जन गर्छ भन्ने हिसावमा प्रमाणित गरेका थिए । यो अचम्मको थियो, किन भनें कृष्ण विवरको इभेन्ट होराइजनबाट केही पनि फुत्किन सक्दैन भन्ने यसअघि नै भनिएको थियो ।

यो समस्याको समाधान जब “प्रभावकारी कणहरु” को बारेमा विचार गरिएको थियो, निस्किएको थियो । एउटा कण कृष्ण विवरमा खसेको हुन्थ्यो भनें अर्को फुत्किएको हुन्थ्यो । यसले कृष्ण विवरले कणहरु उत्सर्जन गरेको जस्तो हुने थियो । शुरुमा यो विचार अदभूत जस्तो थियो । तर धेरैपछि मात्र मान्छेहरुले यसलाई विस्तारै स्वीकार गरेका थिए ।

६–ब्रह्माण्डको उत्पत्ति र निर्धारण(The Origin and Fate of the Universe)

धेरै वैज्ञानिकहरुले ब्रह्माण्डको शुरुआत एउटा विस्फोटन जसलाई महाविस्फोट भनिन्छ त्यसबाट भएको विश्वास गर्दछन् । यो मोडेललाई “गरम महा विस्फोट(hot big bang model” भनिएको छ । जब ब्रह्माण्ड ठूलो हुन थाल्छ, यसभित्रका चीजहरु पनि चिसा हुन थाल्छन् । जब ब्रह्माण्डको शुरुआत भएको थियो, यो अनन्त तातो थियो । ब्रह्माण्डको तापक्रम चिसो हुन थालेपछि ब्रह्माण्ड भित्र संकुचन(ठोस हुन थाल्नु) शुरु भएको थियो ।

हकिङले ब्रह्माण्ड कसरी बन्न सक्यो होला भन्ने बारेमा पनि बोलेका छन् । उदाहरणका लागि यदि ब्रह्माण्ड छिट्टै बनेर लोप भएको हुने थियो भनें त्यहाँ जीवनका लागि प्रशस्त समय हुदैन्थ्यो । अर्को उदाहरण, के ब्रह्माण्ड छिट्टै विस्तार भएको थियो होला । यदि ब्रह्माण्ड छिट्टै विस्तार भएको थियो भनें, यो पूर्ण खाली थियो होला । धेरै ब्रह्माण्डहरु भएको भन्नुलाई धेरै विश्वको व्याख्या(many-worlds interpretation) भनिन्छ ।

क्वान्टम यान्त्रिीकी र गुरुत्वलाई एकता गर्ने त्यो सिद्धान्तको विचारमा यस च्याप्टरमा प्रशस्त नमूनाहरुमा बहस गरिएको गरिएको छ । प्रत्येक कणहरुको धेरै इतिहासहरु हुन्छन् । यो विचारलाई फेइनम्यानको इतिहास माथिको सिद्धान्तहरुको योगका रुपमा चिनिन्छ । क्वान्टम यान्त्रिकी र गुरुत्वलाई एकीकृत गर्ने सिद्धान्तका रुपमा फेइनम्यानको सिद्धान्त हुनुपर्दछ । कणले एउटा बिन्दूबाट प्रवेश गर्ने अबसर पाउनका लागि प्रत्येक कणका तरङ्गहरुलाई जोड गर्न आवश्यक हुन्छ । यी तरङ्गहरु काल्पनिक समय(imaginary time)मा हुन्छन् । काल्पनिक संख्याहरु, जब तिनीहरुलाई गुणन गरिन्छ, परिणाम ऋणत्मक संख्यामा आउँछ । उदाहरणका लागि 2i X 2i = -4

कति भौतिकवाद संगत

स्टेफेन हकिङले समयको संक्षिप्त इतिहास(A Brief History of Time), बृहत् योजना(The Grand Design), कृष्ण विवर र समय भडकाव(Black Holes and Time Warps), बोक्रा भित्र ब्रह्माणहरु(The Universe in a Nutshell), दिग्गजहरुको काँधमा(On The Shoulders Of Giants) भौतिक शास्त्रमा आधारित कितावहरु लेखेको थिए भनें उनले खोज गरेको कृष्ण विवरमा आधारित रहेको बाल उपन्यास उनी र उनकी छोरी लुई हकिङ मिलेर जर्जको ब्रह्माण यात्रा(George’s Secret Key to the Universe) लेखेका थिए ।

सन् २०११ मा उनले दर्शन म¥यो भनेका थिए । उनले दार्शनिकहरुले विज्ञानको आधुनिक विकासलाई आत्मासात नगरेको, वैज्ञानिकहरु राम्रो ज्ञानको खोज र आविस्कारको प्रकाश वाहक भएकोप्रति विश्वास व्यक्त गरेका थिए । उनले दार्शनिक समस्याहरुलाई मुख्यरुपमा नयाँ वैज्ञानिक सिद्धान्तहरुबाट जसले हामीलाई हाम्रो स्थान र ब्रह्माण्डका बारेमा नयाँ र एकदमै फरक चित्रतिर डो¥याउने विज्ञानद्वारा उत्तर दिन सकिन्छ भनेका थिए ।

धर्मप्रति उनको धारणा भौतिकवादी थियो । उनकै भनाइमा उनी सामान्य चेतनामा धार्मिक होइनन् र ब्रह्माण्ड विज्ञानको नियमहरुले शासित वा नियन्त्रित छ भन्नेमा विश्वास राख्दछन् । धर्म प्राधिकारमा आधारित छ भने विज्ञान अवलोकन र कारणमा आधारित र विज्ञानले जित्ने छ किन भनें विज्ञानले काम गर्छ भन्ने उनको भनाई थियो । उनले गार्जेन भन्ने पत्रिकालाई अन्तर्वार्ता दिँदै भनेका थिए, स्वर्ग वा पुनर्जीवन हुँदैन । यस्ता भावहरु अँध्यारोबाट डराएका मान्छेका लागि बनाइएका काल्पनिक कथा मात्र हुन् ।

अमेरिकाको डिस्कभरी च्यानललाई अन्तर्वार्ता दिँदै उनले हामी धर्मप्रति स्वतन्त्र छौं । तर मेरो सामान्य व्याख्यामा भगवान छैन भन्ने हो भनी घोषणा गरेका थिए । ब्रह्माण्ड कसैले बनाएको होइन र हाम्रो भाग्यमाथि कसैले निर्देशन गर्दैन । यसले मलाई अगाध महसूसतिर डो¥याउँछ । सायद त्यहाँ स्वर्ग छैन, पुनर्जन्म पनि छैन । हाम्रो यो एउटा जीवन बह्माण्डको बृहत् योजनाबाट स्वीकार्य भएको हो । यसका लागि म आभारी छु । सन् २०१४ को सेप्टेम्बरमा उनी स्टारमस उत्सवमा इआई मुण्डोलाई किनोटको सहायताबाट बोल्दै अन्तर्वार्ता दिँदै गर्दा आफूलाई नास्तिक घोषणा गरेका थिए । उनले विज्ञानलाई बुझ्नु भन्दा पहिला, भगवानले ब्रह्माण्ड बनाएको भनी विश्वास गर्नु स्वभाविक नै हो भनी टिप्पणी गरेका थिए । तर अहिले विज्ञानले धेरै नै विश्वासनीय व्याख्याहरु दिइसकेको छ, भनेका थिए ।

निष्कर्ष

जुलाई १८८७ मा अल्वर्ट ए.मिकेल्शन र इवार्ड डब्ल्यु. मोर्लेले इथरमाथि गरिएको परीक्षण असाध्यै प्रख्यात तर असफल भएको थियो । यो परीक्षणले भगवान नरहेको पुष्टि गरेको थियो । भगवान छैन भनेर परीक्षणद्वारा पुष्टि गरेका अधिकांश वैज्ञानिकहरुले नै भगवानप्रति आस्था राख्दै आएका छन् । तर स्टेफेन हकिङ भगवानप्रति विश्वास त गरेनन् नै उनले आफ्ना चर्चित प्रवचनहरुमा भगवान नभएको तथ्यहरु पेश गरेका थिए । त्यसैले उनी आदर्शवादी नभएर भौतिकवादी थिए भन्ने पुष्टि हुन्छ ।

उनका समयको संक्षिप्त इतिहासदेखि बृहत् योजनासम्म पढ्दा उनका खोज र आविस्कारहरु ऐतिहासिकतामा तथ्यहरु खोजिएको छ र निष्कर्ष चाँही भौतिकवादमा आधारित रहेर गरिएको छ । यसको पुष्टि अरिस्टोटलका खोजहरुबाट शुरु गरेर आफ्नो आविस्कारहरुमा अन्त गरेका छन् मुलरुपमा दिक–काल, कणहरुको गति र अवस्था, ब्रह्माणको विस्तार यसैमा आधारित छन् । त्यसैले हकिङ ऐतिहासिक भौतिकवादी हुन् ।

हकिङको सबैभन्दा ठूलो योगदान भनेको उनको खोज हो । उनले रहस्यमय रहेको ब्रह्माण्डको उत्पत्ति, बनावट र विकासका बारेमा धेरै नै खोज गरेको छ । हकिङले सबैभन्दा साना कणहरुमा रहेका क्वार्क भित्र रहेका अझ सुक्ष्म बस्तुको बनावट, अवस्था र गतिका बारेमा खोज गरेका छन् । उनले विद्युतचुम्वकीय वल, कमजोर आणविक वल र बलियो आणविक वललाई समायोजन गर्ने सिद्धान्त बृहत् एकीकृत सिद्धान्त(grand unified theory-GUT)को खोज गरे । जसरी विगतका सबैजसो प्राकृतिक विज्ञानका सिद्धान्तहरु समाज विज्ञानमा पनि लागू भएका छन्, जसरी यो सिद्धान्तले भौतिक विज्ञानमा नयाँनयाँ खोजमा योगदान गरेको छ, समाजविज्ञानमा यसको निकै महत्वपूर्ण रहेको छ । यसले माक्र्सवादको संघटक अंग दर्शनलाई समृद्ध गर्न निकै सहयोग पु¥याउँछ । यस विषयमा यस लेखमा उल्लेख गर्न सकिएको छैन । तर हकिङका खोजहरुलाई माक्र्सवादी दृष्टिकोणबाट अध्ययन गर्न जरुरी छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*