आदर्श साइनिङ स्टारको ५ औं वार्षिक उत्सवमा विविध कार्यक्रम

२०७४, २९ चैत्र बिहीबार १६:१५

–राजु लो तामाङ
सर्लाही, २९ चैत ।
सर्लाहीको बागमती नगरपालिका ३ धरहरामा रहेको आदर्श साइनिङ स्टार एकेडेमीले आफ्नो ५ औं वार्षिकोत्सव खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम गरी बिहीबार मनाएको छ । बागमती नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तिलक मोक्तानको प्रमुख आतिथ्यता र एन प्याब्सन सर्लाहीका सचिव प्रेमध्वज घिसिङको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

वार्षिक उत्सवका अवसरमा विद्यालयले आयोजना गरेको खेलकुदतर्फ अतिरिक्त क्रियाकलापमा पहिलो, दोस्रो र तेस्रो हुन सफल भएका छात्र–छात्राहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि लगायत अन्य अतिथिहरुले शुभकामना मन्तव्य राख्दै विद्यालयले छोटो समयमा नै शिक्षाको क्षेत्रमा राम्रोसँग फड्को मार्न सकेकोमा अझ आउँदा दिनहरुमा अझ सफलता मिलोस् भन्दै शुभकामना व्यक्त गरेका थिए । हरेक कुराको विकास हुनलाई सर्वप्रथम शिक्षाको निकै अपरिहार्य भएको वक्ताहरुले बताए ।

शिक्षालेनै हरेक मानिसलाई एउटा सही मार्गमा हिड्न सिकाउने हुनाले पनि शिक्षाको महत्त्व रहेको कुरालाई वक्ताहरुले जोड दिएका थिए । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विद्यालयका संस्थापक प्रिन्सिपल ज्ञानु लो तामाङले सम्पूर्ण अभिभावकहरुले साथ सहयोग दिएमा आउँदो वर्षदेखि विद्यालयलाई मावि तहमा संचालन गर्ने पनि बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...