
पत्ता लाग्यो युएस बङ्गला विमान दुर्घटनाको मूख्य दोषी


काठमाडौँ, २८ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएको फागुन २८ मा भएको यूएस-बंगाल एयरलाईन्स जहाज दुर्घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औँल्याएको छ । दुर्घटना जाँचबुझ आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सोमबार प्रतिवेदन बुझाएको छ । आजको कारोबारमा समाचार छापिएको छ ।
आयोगलाई एक महिनाभित्र प्रारम्भिक प्रतिवेदन बुझाउने समय दिएको थियो । उक्त प्रतिवेदन मन्त्री अधिकारीले मन्त्रिपरिषदमा पेश गर्नेछन् । जाँझबुझ आयोगले दुर्घटनाको विषयमा प्रारम्भिक प्रतिवेदन तयार गर्दै पुरै अध्ययनपछि मात्रै दुर्घटनाको कारण पत्ता लाग्ने भन्दै प्रतिवेदनमा कुनै पनि विषय ठोस रुपमा भने उल्लेख गरेकने छैन ।
आयोगका एक सदस्यका अनुसार छलफलमा धेरै विषयहरु आएको र विस्तृत अध्ययन गरिनेछ । ती सदस्यका अनुसार पाइलट प्रमुख दोषी भएको र त्यसमा एयर ट्राफिक कन्ट्रोलरले पनि सही निर्णय लिन नसकेको छानविनले देखाएको छ ।
जहाज अवतरण गर्ने क्रममा पाइलटले मिसअप्रोच लिएपछि जहाज दुर्घटना भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । दुर्घटनामा ५२ जनाले ज्यान गुमाएका थिए ।
सम्बन्धित समाचारहरु
ताजा अपडेट
आगलागी पीडितलाई पूर्व गृहराज्यमन्त्री बानियाँद्वारा नगद सहयोग
हेटौँडामा सबै वडाका महिला स्वास्थ्य स्वयमसेविकालाई आँखा स्वास्थ्य तालिम
प्रदेश नम्बर ३ मा बजेट प्रस्तुत, जनताको लागि केही नल्याएको भन्दै प्रदेशसभा सदस्यबाटै विरोध
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा (भिडियो सहित)
बालिका बलात्कार मुद्दाका दोषी आशारामलाई आजीवन जेल सजाय
व्यवसायीको धम्कीले सरकार डराउँदैन, सिन्डिकेट तोडिन्छ : मन्त्री यादव
त्रिभुवन विमानस्थलबाट १४ किलो सुनकाण्डका मुख्य अभियुक्त पक्राउ
एकल महिलालाई भूकम्प प्रतिरोधी घर हस्तान्तरण
प्रतिव्यक्ति आयमा सुधार नेपालीको वार्षिक आम्दानी १ हजार ४ डलर
दिल्ली डेयर डेभिल्सका कप्तान गम्भीरले दिए राजिनामा


