उखु मिलमा ट्याङ्की पड्किदा एक जनाको ज्यान गयो

२०७४, २७ चैत्र मंगलवार १९:२३

बारा / बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २४ श्रीपुरस्थित रिलायन्स सुगर मिलमा उखुको छुवा भण्डारण गर्ने ट्याँकी पड्किदा एक भारतीय मजदुरको मृत्यु भएको छ ।  मृत्यु हुनेमा उद्योगमा कार्यरत ४८ वर्षीय राम सेनाइ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

८ लाख लिटर क्षमताको भण्डारण ट्यांकी एक्कासी पड्किएपछि त्यसको प्रेसरले पर्खाल भत्कँदा च्यापिएर सेनाइको मृत्यु भएको हो ।  घटनामा अन्य ९ मजदुर घाइते भएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...