दुर्इ लाख घुस लिने दुर्इजना खरिदार अख्तियारकाे फन्दामा

२०७४, २७ चैत्र मंगलवार १९:१५

सुर्खेत / जिल्ला मालपोत कार्यालय सुर्खेतका दुर्इजना कर्मचारी घुससहित पक्राउ परेका छन् ।

सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयले दुर्इ लाख रूपैयाँ घुससहित मालपोत कार्यालयको मुद्धा फाँटका दुर्इजना खरिदारलार्इ पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा खरिदार धर्मराज सुवेदी र ओमबहादुर सुनार छन् । दुवैलार्इ घुस रकमसहित पक्राउ गरिएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सुचना अधिकारी मेघराज सापकोटाले जानकारी दिए ।

जग्गाको मोहीहक छटयाउने क्रममा सेवाग्राहीबाट घुस मागेको उजुरी परेपछि टाेली खटाइएकाे र टाेलीले रकमसहित पक्राउ गरेकाे उनले बताए ।

पक्राउ परेकाहरूसँग बयान लिएर थप अनुसन्धान गर्ने काम भइरहेकाे उनले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...