
हेटौँडामा प्रहरीकै सामुन्नेबाट कसरी भाग्छ कपडा तस्कर ?


हेटौँडा, २७ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातेमाटे चेकपोष्टमा केही समयअघिसम्म अवैध कपडा व्यापारीहरु धमाधम समातिन्थे । उनीहरुले कम्मरमा बेरेर ल्याएका भन्सार छलेका कपडाहरुलाई समेत सुक्ष्म निगरानी गरि प्रहरीले प्राय हप्तामा एक दुई पटक कपडाहरु बरामद गथ्र्यो । तर आजभोलि त्यो क्रम घटेको छ ।
भन्सार छलेर ल्याइएका कपडाहरु धमाधम बिक्री वितरण भइरहेता पनि अहिले ती व्यापारीहरु समातिने क्रम कसरी रोकियो भन्ने चासो बढेको छ । यसैबिच हेटौँडा १० बसपार्कमा केही महिनाको अन्तरालमा फाट्टफुट्ट अवैध कपडा बरामद हुने गरेको समाचार बाहिरीने गरेको छ तर अवैध कपडा हेटौँडासम्म कसरी छिर्छ भन्ने भेउ चाहिँ प्रहरीले नपाएको गुनासो स्थानीय व्यापारीहरुको छ । भन्सार र चेकपोष्टलाई पार गर्दै ल्याइएको अवैध कपडा बेवारिसे अवस्थामा छोडेर प्रहरीकै नाकमूनिबाट कसरी भाग्छ तस्कर ? यो प्रश्न हरेक स्थानीयको छ ।
‘भन्सार छलेर ल्याइएका कपडाका कारण हाम्रो व्यापार चौपट छ’, एक व्यापारीले नाम नबताउने शर्तमा भने, ‘केही व्यापारीहरु आफै पनि कपडा तस्करमा सक्रिय छन् ।’ भन्सार छलेर ल्याइएका कपडाहरु सस्तोमा नभई भन्सार तिरेरै ल्याएका कपडाको मूल्यमा बेच्न थालेपछि व्यापारीहरु समेत आजित छन् । सर्वसाधारणलाई भने दुबैतिर ठगिने गरेको गुनासो छ ।
यस विषयमा उपभोक्ता अधिकारवादीहरुको ध्यान कम गएपछि तस्करहरु समेत सक्रिय भएका छन् । साथै त्यस्ता गतिविधिमा प्रहरी समेत अनुसन्धानमा फितलो महशुस भएपछि भन्सार छलेका कपडाहरु रातारात हेटौँडा आईपुग्ने गरेको स्थानीय व्यापारीहरु बताउँछन् ।
यसैबिच चैत २५ गते बिहान हेटौँडा बसपार्कमा भन्सार छली ल्याइएको बिभिन्न किसिमका सुति कपडा, बुट्टे र सेतो कपडा, टु वाई टु कपडा र कुर्ता सुरुवाल बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ती कपडाहरु ४३ हजार ८ सय बराबरको कपडा बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बिरगंज पर्सामा बुझाईएको छ ।
सम्बन्धित समाचारहरु
ताजा अपडेट
आगलागी पीडितलाई पूर्व गृहराज्यमन्त्री बानियाँद्वारा नगद सहयोग
हेटौँडामा सबै वडाका महिला स्वास्थ्य स्वयमसेविकालाई आँखा स्वास्थ्य तालिम
प्रदेश नम्बर ३ मा बजेट प्रस्तुत, जनताको लागि केही नल्याएको भन्दै प्रदेशसभा सदस्यबाटै विरोध
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा (भिडियो सहित)
बालिका बलात्कार मुद्दाका दोषी आशारामलाई आजीवन जेल सजाय
व्यवसायीको धम्कीले सरकार डराउँदैन, सिन्डिकेट तोडिन्छ : मन्त्री यादव
त्रिभुवन विमानस्थलबाट १४ किलो सुनकाण्डका मुख्य अभियुक्त पक्राउ
एकल महिलालाई भूकम्प प्रतिरोधी घर हस्तान्तरण
प्रतिव्यक्ति आयमा सुधार नेपालीको वार्षिक आम्दानी १ हजार ४ डलर
दिल्ली डेयर डेभिल्सका कप्तान गम्भीरले दिए राजिनामा


