सिंहदरवारले मधेसको विकासलाई आफ्नो विकास मानेन : फोरम अध्यक्ष यादव

२०७४, २४ चैत्र शनिबार १९:०३

सञ्जय साह रौतहट २४ चैत । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले मधेसको विकासलाई आफ्नो देशको विकास सिंहदरबारले नमानेकोले मानवीय सूचकांकको सम्पूर्ण आधारमा मधेस पछाडि परेको भन्दै आरोप लगाएका छन् ।
रौतहट क्षेत्र नम्बर ४ को २ बाट प्रदेश सभाका सदस्यका लागि निर्वाचित साँसद शेख अबुल कलाम आजादलाई पार्टी प्रवेश गराउन आयोजित सभामा बोल्दैै नेता यादवले विकासको पर्याप्त सम्भावना भएको मधेसलाई सिंहदरबारले आवश्यक बजेट नदिएको र मधेसको राजस्व लिएर उचित सम्मान नगरेको समेत बताए ।

सोहि कारणले गर्दा मधेस पछाडि परेको समेत उनले आरोप लगाएका छन् ।
विकासमा विश्वको सबैभन्दा पछाडि परेको देश नेपाल तथा नेपालको सबैभन्दा पछाडि परेको प्रदेशको रुपमा २ रहेको बताउँदै नेता यादवले मानवीय विकासको सूचकांकमा सबैभन्दा पछाडि परेको बताएका छन् ।

देशको सबैभन्दा बढी भ्रष्टाचार र बेरोजगारी प्रदेश २ मा रहेको बताउँदै गरिबी र अशिक्षा पनि प्रदेश २ मा नै बढी हुनु सिंहदरबारकै कारण हो भन्ने आरोप नेता यादवको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...