सुरक्षाकर्मीका अगाडिबाटै ट्रेडसेन्टरमा लाखौँको चोरी, चोरहरु फरार

२०७४, २३ चैत्र शुक्रबार ११:३३

-अनिल प्रित
कोल्हवी, बारा, २३ चैत ।
बाराको कोल्हवी बजारमा रहेको बि.एस. ट्रेड सेन्टरमा बिहीबार राती चोरी भएको छ । सेन्टरका प्रोपराईटर सुनिल कुमार जैसवालका अनुसार ३२, २४ र २० ईन्छको एल.ई.डी टिभी क्रमश ३ थान र १–१ थान चोरी भएको छ । साथै स्क्रीन टच जिओनी मोबाईल १ थान, राईट मोबाईल २ थान, साधारण मोबाईल १६ थान र कारबन स्क्रीन टच मोबाईल १ थान चोरी भएको छ ।

चोरी भएको पुष्टि गर्दै करिब २ लाख बराबरको समान चोरी भएको ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी नायब निरिक्षक सुरेन्द्र चौधरीले जानकारी दिए । चोरहरुको खोजिकार्य भईरहेको र छिट्टै पता लगाएर सार्वजनिक गर्ने नायब निरिक्षक चौधरीले बताए ।

कोल्हवी बजारको उत्तरतिर सशस्त्र बेश क्याम्प र दक्षिणमा ईलाका प्रहरी कार्यालय रहेता पनि दुबै कार्यालयको बिचमा पर्ने करिब १०० मिटरको दुरीमा पर्ने पसलमा चोरी भएको छ ।

पछिल्लो समय बाराको कोल्हवी क्षेत्र अशान्ति बन्दै गएको छ । कोल्हवी बजारमा रहेका रक्सी पसलहरु अबेर राती सम्म खुल्ला रहेकोले रक्सी खाएर होहल्ला गर्नेहरुको बृद्धि भएको बताइएको छ । प्रहरीलाई खबर गर्दा चासो नदेखाउने गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...