
नेपाल प्रहरीकाे भावी अार्इजिपी काे ?


काठमाडाैं/ गत वर्ष नेपाल प्रहरीको आईजिपी चयनमा शेरबहादुर देउवाले महाभारत मच्चाएका थिए । यो वर्ष आश्चर्यजनक रुपमा इतिहासमै सबैभन्दा कम चलखेल भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली आफैंले चलखेल रोकेका छन् । अहिलेसम्म आईजीका दाबेदारले ओलीसँग भेटेर मलाई आईजी बनाइदिनुपर्यो भनेर भन्ने हिम्मत गरेका छन्, न त ओलीनिकट व्यक्तिले फलानालाई आईजी बनाउनुपर्छ भनेर लबिङ नै गरेका छन् ।
प्रधानमन्त्री ओलीसामु भावी आईजीको प्रसंग निकाल्नेहरुलाई प्रधानमन्त्री ओलीले तपाईंलाई आईजीको के चासो ? खुरुखुरु आफ्नो काम गर्नोस् ।
आईजी कसलाई बनाउने हो, समय आएपछि सरकारले गर्छ भनेर झपार्ने गरेका छन् । हक्की स्वभावका प्रधानमन्त्री ओलीले भावी आईजीका बारेमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत छलफल गरेका छैनन्, भने प्रचण्डले पनि ओलीसमक्ष यो एजेन्डा लगेका छैनन् ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने आईजी नियुक्तिमा तठस्थ देखिएका छन् । गृहमन्त्री थापाले फलानोलाई नै आईजी बनाउनुपर्छ भनेर अडान लिएका छैनन् ।
यसै कारण ओलीले आईजिपीका प्रतिस्पर्धी भेटेका छैनन् भने अरुलाई पनि चलखेल गर्न दिएका छैनन् । को आईजिपी बनाउने होला भनेर जिज्ञासा राख्ने आफ्नै सहयोगी तथा नेताहरुलाई उनको जवाफ हुन्छ– प्रहरी नै आईजिपी हुन्छ ।
अबको ८ दिनभित्र नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नेतृत्व परिवर्तन हुँदै छ । प्रधानमन्त्री ओली २३ गते शुक्रबार तीन दिने भारत भ्रमणमा जाँदै छन् ।
२६ गते नै उनी फेरि चीन भ्रमणमा जाने चर्चा चलिरहेको छ । जसकारण आईजिपी बढुवामा छलफल तीव्र रुपमा अघि बढेको स्रोत बताउँछ ।
नेपाल प्रहरीमा सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की आईजिपी मुख्य दाबेदार हुन् । अन्य डिआईजीहरुको नाम पनि चर्चामा छन् । तर, भावी आईजी यी तिनै जनामध्ये एक हुने स्रोत बताउँछ ।
मुख्य दाबेदार तीनै जना क्षमतावान भएकाले जो सुकै भएपनि प्रहरीले सक्षम नेतृत्व पाउने निश्चित छ । अझ प्रधानमन्त्री ओली आफैंले आईजिपी बढुवामा ठूलो चासो नराखेपछि बढुवामा आर्थिक चलखेल पनि नहुने लगभग निश्चित भएको छ ।
तर, प्रहरी नियमावली र अदालतको आदेशमा फरक फरक प्रावधान भएकाले सरकारलाई आईजिपी नियुक्तिमा केही प्राविधिक कठिनाई भने छ ।
प्रहरी नियमावली सरकारलाई स्वविवेकी अधिकार दिएको छ भने सर्वाेच्च अदालतले कार्यसम्पादन मूल्याङकन नम्बरलाई आधार बनाउन निर्देशन दिएको छ ।
कार्यम्पादन मूल्याङकन नम्बर जोड्न पनि प्रतिस्पर्धीहरु डिआईजी भएका १ वर्ष पनि नभएकाले समस्या भएको हो ।
सशस्त्र प्रहरीमा भने एआईजी शैलेन्द्र खनाल अरु भन्दा सिनियर भएकाले उनी नै आईजिपी हुने लगभग निश्चित भएको बालुवाटार स्रोत बताउँछ । – दृष्टिमा समाचार छ ।
सम्बन्धित समाचारहरु
ताजा अपडेट
आगलागी पीडितलाई पूर्व गृहराज्यमन्त्री बानियाँद्वारा नगद सहयोग
हेटौँडामा सबै वडाका महिला स्वास्थ्य स्वयमसेविकालाई आँखा स्वास्थ्य तालिम
प्रदेश नम्बर ३ मा बजेट प्रस्तुत, जनताको लागि केही नल्याएको भन्दै प्रदेशसभा सदस्यबाटै विरोध
यसकारण फिल्म खेल्न चाहान्नन् मिस नेपाल श्रृङ्खला खतिवडा (भिडियो सहित)
बालिका बलात्कार मुद्दाका दोषी आशारामलाई आजीवन जेल सजाय
व्यवसायीको धम्कीले सरकार डराउँदैन, सिन्डिकेट तोडिन्छ : मन्त्री यादव
त्रिभुवन विमानस्थलबाट १४ किलो सुनकाण्डका मुख्य अभियुक्त पक्राउ
एकल महिलालाई भूकम्प प्रतिरोधी घर हस्तान्तरण
प्रतिव्यक्ति आयमा सुधार नेपालीको वार्षिक आम्दानी १ हजार ४ डलर
दिल्ली डेयर डेभिल्सका कप्तान गम्भीरले दिए राजिनामा


