द्वन्दका समयमा गाढिएको शव चौध वर्षपछि निकालियो

२०७४, १८ चैत्र आईतवार १७:२१

दैलेख, १८ चैत । चौध वर्ष पछि आफन्तको शव प्राप्त गर्दा परिवार र आफन्तलाई कस्तो होला ? अवश्य पनि यो पिडादायी क्षणको हामी सहजै अनुमान लाउन सक्छौँ । १४ वर्ष पछि नै सहि दैलेखको महावु गाउँपालिकामा आफन्तको शव उत्खनन् गरिएको छ ।

तत्कालीन द्वन्द्वका समयमा नेपाली सेनाले पक्राउ गरी हत्यासँगै शव बेपत्ता पारिएका महावु गाउँपालिका– ६ का ऐनबहादुर शाहीको शव उनका आफन्तले १४ वर्षपछि आफंैँ उत्खनन गरेका हुन् ।

नेपाली सेनाले माओवादीका नाममा हत्या गरेका र शव बेपत्ता पारिएका परिवारले धमाधम शव खोज्न क्रममा सो उत्खनन् गरिएको हो । विसं २०६० साउन १७ गते धरमपोखरामा ऐनबहादुरसहित १२ जनालाई सेनाले पक्राउ गरेको र अन्यलाई छाडिदिएको भए पनि शाहीलाई चरम यातना दिएर मृत्युपछि उनको शव धरमपोखरा जंगलमा गाडिएको थियो ।

ऐनबहादुरका छोरा गाउँमा बस्न नसक्ने अवस्था भएपछि द्वन्द्वकै क्रममा विदेशिएका थिए । घर छाडेका तीन भाइमध्ये दुई जना विदेशबाट घर आएपछि पिताको शव उत्खननसँगै शनिबार शिरिस्थानमा औपचारिक दाहसंस्कार गरिएको छ । त्यतिबेला हात भाँच्ने, आँखा फुटाउनेसम्मका काम गरेर निकै क्रूर तरिकाले उनको हत्या गरिएको स्थानीय बताउँछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...