हेटौँडाबाट राजधानी सारेर काभ्रेमा पुर्याउन लिखित प्रस्ताव दर्ता

२०७४, १४ चैत्र बुधबार १७:५९

मकवानपुर, १४ चैत । प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौँडाबाट अन्तै सार्नुपर्छ भन्दै विभिन्न कार्यक्रममा बोल्दै हिँडेका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित चुपचाप बसिरहेकै अवस्थामा काभ्रेमा राजधानी सार्नुपर्ने भन्दै ३ सांसदहरुले लिखित प्रस्ताव पेश गरेका छन् ।

सांसद राजेन्द्र पाण्डे र मन्त्री स्थापितले नै राजधानी अन्तै सार्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा पेश गर्नेछन् भन्ने अनुमान धेरैले गरेका थिए । तर उनीहरुभन्दा अगाडि नै आज प्रदेशसभा सचिवालय हेटौँडामा ३ जना सांसदले लिखित प्रस्ताव दर्ता गरेका हुन् । सांसदहरु लक्ष्मण लम्साल, चन्द्रबहादुर लामा र बसुन्धरा हुँमागाईले काभ्रेलाई प्रदेश नम्बर ३ को स्थायी राजधानी बनाउनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका हुन् ।

काभ्रेको आइटी पार्कमा राजधानीको संरचना निर्माण गर्न सकिने उनीहरुले दाबी समेत गरेका छन् । उनीहरुले नेपालको संविधान २८८ को धारा २ मा आधारित रहेर प्रस्ताव दर्ता गरेका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...