प्रहरी हिरासतबाट गाई काण्डका आरोपीहरुको बयान : ‘हामी निर्दोष थियौँ, तै पनि फस्यौँ’

२०७४, १२ चैत्र सोमबार १२:३८

मकवानपुर, १२ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी रमनटारमा गाई काटेर खाएको भनिएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुले आफुहरुले गाई काटेर नखाएको दाबी गरेका छन् । आज बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेको तु खबर डटकम टोलीसँग कुराकानी गर्दै उनीहरुले आफुहरुले गाई काटेर नखाएको बताएका हुन् ।

घटना घटेको करिब ५ महिनापछि पक्राउ गरिएकी आरोपी कान्छी माया ब्लोनले आफुलाई फरार भनिएता पनि आफु घरमै बसिरहेको अवस्थामा करिब ५ महिनापछि पक्राउ परेको बताईन् । लामो समयदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा बसिरहेका उनीहरुले आफुहरु निर्दोष हुँदा हुँदै पनि फसेको बताए ।

वि.सं. २०७४ कात्तिक २७ गते बेलुका गाई काटेको अभियोग लागेका हेटौँडा १२ पदमपोखरी रमन्टार बस्ने गाई धनी ५५ वर्षीया कान्छीमाया ब्लोनलाई घटना भएको करिब ५ महिनापछि गएको फागुन १५ गते मंगलबार प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले फरार भनेको भए पनि गाई धनी ब्लोन घरमै त्रासका बिच बसेकी थिईन तर सोझी उनीलाई समेत मागेको जति पैसा दिन नसकेपछि पक्रिएको आरोप स्थानीयको छ ।

घटना भएको करिब ५ महिनापछि आरोपीलाई पक्राउ गरिनुले पनि घटनामा निकै चलखेल भएको स्पष्ट भएको दाबी श्रोतको छ । गाई काटेर खाएको अभियोगमा कान्छीमाया ब्लोनसहित मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई प्रहरीले पक्राउ गरेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...