मकवानपुरमा ६ हजार ५८ जनाले दिए एसईई परीक्षा

२०७४ चैत्र ८,बिहीबार १७:२१
एसईई परीक्षा

हेटौँडा, ८ चैत । आजदेखि सुरु भएको एसईई परिक्षामा मकवानपुरबाट नियमित र एक्जाम्टेडतर्फ गरि ६ हजार ५८ जना परिक्षार्थीले परीक्षा दिएका छन् । त्यस्तै १ सय १६ जना विद्यार्थी परीक्षामा अनुपश्थित भएका छन् ।

मकवापनुरको २४ ओटा केन्द्रमा परीक्षा शान्तिपूर्ण भएको बताइएको छ । जिल्ला शिक्षा कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार नियमिततर्फ छात्र २४ र छात्रा ४९ तथा एक्जाम्टेडतर्फ छात्र २३ र छात्रा १९ गरि १ सय १६ जना विद्यार्थी परीक्षामा अनुपस्थित भएको प्राविधिक सहायक कुसुम पोखरेल मगरले बताए ।

उनका अनुसार नियमिततर्फ २ हजार ७ सय ७९ छात्र र ३ हजार १ सय ९७ जना छात्रा आजको परीक्षामा सहभागी भएका छन् । त्यस्तै एक्जाम्टेडतर्फ छात्र ३२ र छात्रा ५० जना गरि ८२ जना उपस्थित भएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*