मकवानपुरमा कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले यसो भने – हेर्नुहोस् भिडियो

२०७४ चैत्र ७,बुधबार १९:४४
Featured Video Play Icon

मकवानपुर । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिशतको आधारमा पार्टी एकता नहुने बताएका छन् । मकवानपुरका कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले बराबारीको आधारमा मात्र पार्टी एकता हुने बताए । दुबै पार्टीले आआफ्नो पक्षमा मात्र तर्क गरे भने त धेरै कुरा आउने स्पष्ट पार्दै उनले माओवादी परिवर्तनको बाहक भएकोले त्यसै अनुसार पार्टी एकता हुने उनले ठोकुवा गरे । मोटामोटी माओवादीले सोचेको दिशातिर देश गइरहेको उनले कार्यकर्तालाई सुझाए ।
मकवानपुरले ०६४ मा चारै क्षेत्र जित्दा पनि सरकारमा सहभागित गराउन नसकिएको भन्दै प्रचण्डले यसपटक ढिलोचाडो भएपनि केन्द्र वा प्रदेश सरकारमा मकवानपुरलाई स्थान दिने बताए । मकवानपुरका कोही न कोही सरकारमा सहभागी गराउने कुरामा आफूलाई भरोसा गर्न पनि प्रचण्डले आग्रह गरे ।
पार्टी एकताको सन्दर्भमा मकवानपुरे नेताहरुको भूमिका नेतृत्वदायी हुने विश्वास पनि प्रचण्डले व्यक्त गरेका छन् ।
भिडियो सौजन्य : प्रदिप शिवाकोटी


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*