राजीनामा मागेका छौँ, नदिए परिणाम भयानक हुन्छ : ज्वाला

२०७४ चैत्र ७,बुधबार १३:५३

मकवानपुर । नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाले हेटौंडाका मेयर हरिबहादुर महत, बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल तथा अन्य गाउँपालिका अध्यक्षलगायतका लाई राजीनामा मागेपछि अहिले राजनीतिक रुपमा खैलाबैला नै भएको छ ।
हेटौंडा उपमहानगरपालिका मेयर महत र गाउँपालिका अध्यक्ष दामोदर खनाल समेतलाई नेकपाले राजीनामा मागेको छ । मेयर महतले नेकपाले राजीनामा मागेको बारे आफूलाई जानकारी नभएको दावी गरेपनि उनलाई राजीनामा मागिएको पत्रनै मिडियाहरुबाट सार्वजनिक भइसकेको छ । त्यस यता नेकपाले फेरी उनीहरुसँग थप छलफल गर्यो कि गरेन त्यसबारे भने केही खुलेको छैन । नेकपा मकवानपुर संयोजक बीरबहादुर घलान ज्वालाले उनीहरु सबैलाई राजीनामा मागिएको बताए । अहिले हामीले हेप्ने काम भइरहेको भन्दै यसको परिणाम आएपछि सबैले आफै राजीनामा दिने दावी उनले गरेका छन् ।
राजीनामा पछि तपाइहरुले उनीहरुसँग कुनै छलफल गर्नुभयो कि भनेर तु खबरले गरेको प्रश्नमा उनले भने, हामीले छलफल गर्न राजीनामा मागेको होइन । जनसक्ताको निर्णय अनुसार तत्काल राजीनामा नदिए परिणाम भयानक हुने पनि उनले दावी गरे ।
जनताले असल काम गर्न जिताएर पठाएका हुन्, जनतामारा काम गर्ने भ्रष्टहरुलाई राजीनामा मागिएको भन्दै ज्वालाले तत्काल राजीनामा दिन भनेका छन् । तु खबरसँग कुरा गर्दै ज्वालाले जनताको पक्षमा आफ्नो पार्टीले काम गरिरहेको भन्दै जनविरोधी हर्कत देखाएकाले निर्वाचित मेयर र गाउँपालिका अध्यक्षहरुसँग राजीनामा मागिएको उनले दोहोर्याए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*