सकियो अटो व्यवसायीको दादागिरी , मकवानपुरमा अटो रिक्साको भाडादर यस्तो छ , हेर्नुहोस्

२०७४, ४ चैत्र आईतवार २०:३३

बलराम पुडासैनी

मकवानपुर ४ चैत । मकवानपुरमा अटो व्यवसायीहरुको दादागिरी केहि हदसम्म कम हुने भएको छ । मनलाग्दी भाडा सर्वसाधारणसंग असुल्दै आएका अटो व्यवसायीहरुको लागि हेटौंडाबाट विभिन्न रुटमा चल्ने अटोको भाडादर तय भएपछि सर्वसाधारणको लागि केहिहदसम्म सहजता आएको छ ।

मकवानपुरका प्रजिअ ,ह्ेटांंैडा उपमहानगरपालिकाका प्रमुख,प्रहरी उपरिक्षक
जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधि र यातायात व्यवस्था सेवा कार्यालय साथै यातायात व्यवसायी संघ ,मजदुर संघ लगाएतका प्रतिनिधिहरुको आज बसेको संयुक्त बैठकले सवारी भाडादर तय गरेको हो ।

अटो तथा विद्युतिय रिक्सा संचालन तथा व्यवस्थापनको लागि बसेको बैठकले यसअधि कायम भएको भाडादर कडाईका साथ कायम गर्ने ,बेलुका ९ बजेपछि र विहान ४ बजेसम्मको लागि दिउँसोको भन्दा २५ प्रतिशत भाडा बढी लिन पाउने , साथै उपमहानगरपालिकाको भाडादर सहितको स्टीकर उपलब्ध गराउने , सवारी साधनहरु उपमहानगरपालिकामा दर्ता भएरमात्र संचालनमा आउन पाउने ,जस्ता निर्णयहरु भएका छन् ।
सरकारले २०७२ चैत्र १ गतेको निणर्य अनुसार २० बर्ष भन्दा पुराना सवारी साधनहलाई संचालनमा आउन २०७४ चैत्र १ गतेदेखि प्रतिवन्ध लगाएपछि मकवानपुरमा अटो व्यवसायीहरुले सर्वसाधारणहरुलाई ब्रम्हलुट गरीरहेका थिए । यस बिषयमा तु खबरले समाचार पनि प्रकाशन गरेको थियो तु खबरलाई प्रतिक्रिया दिदैं मकवानपुरका प्रजिअ चक्रबहादुर बुढाले चाडै सार्वजनिक सवारी साधनको भाडादर कायम गर्नको लागि आफुले पहल गर्ने समेत बताएका थिए ।

हेर्नुहोस भाडादर


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...